अबको दिन हाम्रो हुनेछः प्रचण्ड

काठमाण्डु टुडे २०८२ जेठ १ गते १७:१२ मा प्रकाशित

काठमाण्डू, १ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका दिन आफ्नो दिन हुने बताएका छन ।

जेठ २ गतेदेखि सुरु हुने मध्यपहाडी लोकमार्गको अभियानका लागि आज (बिहीबार) बैतडीको पाटन आएका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको पनि बताएका छन । उनले भने, ‘तराईको अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ ।

अबका दिन माओवादी र जनताको दिन समग्रमा हाम्रो हुनेछ ।’ दाहाललाई स्थानीयहरूले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्ने क्रममा दाहालले आफू जनताकै पक्षमा रहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us