
काठमाण्डू, १ जेठ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले पर्सि शनिबार बस्ने गरी संसदीय दलको बैठक बोलाएको एक नेताले जानकारी दिएका छन ।
बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो दुई बजे बस्ने ति नेताले जानकारी दिए । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।