
काठमाण्डू, १ जेठ– गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल कांग्रेस र एमालेबीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको बताएका छन ।
आज (बिहिबार) सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले कांग्रेस र एमालेबिचको समीकरण विघटन नभई थप सुदृढ हुने दाबी समेत गरेका छन ।
गृहमन्त्री लेखकले भने, ‘देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले विग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ ।
शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ ।’ गृहमन्त्री लेखकले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिता दिएको पनि बताएका छन ।