काठमाण्डू, १ जेठ- काठमाण्डूबाट माइक्रोबस चोरी गर्ने एक जना पक्राउ परेका छन् । बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरबााट बागमती प्रदेश ०१–००२ज६७६६ नम्बरको माइक्रोबस २९ चैत २०८० मा चोरी भएको थियो । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ का १९ वर्षीय सुदीप थापा छन्...
काठमाण्डू, १ जेठ काठमाण्डू उपत्यकामा बिहीबार लोडसेडिङको झल्को दिने गरी पटकपटक बिजुली गएको छ । पटकपटक बत्ती आउने र जाने भएपछि उपत्यकाबासी अवाक भए । सामाजिक सञ्जाल प्रयोगकर्ताले झ्यापझ्याप बत्ती जानुको कारणबारे सरकारसँग जवाफ मागेका छन् । सरकारले अघोषित रुपमा लोडसेडिङ गराएको आरोप उनीहरुले...
काठमाण्डू, १ जेठ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले पर्सि शनिबार बस्ने गरी संसदीय दलको बैठक बोलाएको एक नेताले जानकारी दिएका छन । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो...
काठमाण्डू, १ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद पनि स्वतः निलम्बनमा हुने भएको छ । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रविधि खरिद प्रकरणमा आयोगले पूर्व मन्त्री बस्नेतसहित १६ जना र...
काठमाण्डू, १ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका दिन आफ्नो दिन हुने बताएका छन । जेठ २ गतेदेखि सुरु हुने मध्यपहाडी लोकमार्गको अभियानका लागि आज (बिहीबार) बैतडीको पाटन आएका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले स्थानीय जनताको...
काठमाण्डू, १ जेठ– गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल कांग्रेस र एमालेबीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको बताएका छन । आज (बिहिबार) सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले कांग्रेस र एमालेबिचको समीकरण...
काठमाण्डू, १ जेठ– सरकारले झापाको दमकमा बनेको भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएका हुन ।...
काठमाण्डू, १ जेठ– काठमाण्डूको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन भएको छ । बुधबार काठमाण्डूको नागढुंगास्थित सडकमा इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेका हुन् । घटनाबारे छानबिन गर्न एसपी पदम बहादुर विष्टको नेतृत्वमा समिति गठन गरिएको उपत्यका प्रहरी...
काठमाण्डू, १ जेठ– कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण भएका छन । पर्यटन विभागका निर्देशक हिमाल गौतमले विभागबाट कांग्रेस महामन्त्री शर्माले सगरमाथा आरोहण अनुमति प्राप्त गरेको जानकारी दिएका छन । महामन्त्री शर्मा स्वयंले सामाजिक सञ्जालबाट आफू सगरमाथा आधार शिविर पुगेको जानकारी दिएका...
काठमाण्डू, १ जेठ– पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव नरहेको प्रतिक्रिया दिएका छन । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा प्रि–बजेट छलफलमा बोल्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन । उनले भने, ‘अब हरेक पालिकामा १५ बेडको अस्पताल...
झापा, १ जेठ– झापाको हल्दीबारीमा हुरीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ । झापाको हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका हुरीले घर भत्काउँदा ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन । हुरीले टिनको छाना...
काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन । आज (बिहिबार) काठमाण्डूमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने,...