हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैनः प्रकाशशरण महत

काठमाण्डु टुडे २०८२ जेठ १ गते १६:२३ मा प्रकाशित

काठमाण्डू, १ जेठ– पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव नरहेको प्रतिक्रिया दिएका छन ।

आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा प्रि–बजेट छलफलमा बोल्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन । उनले भने, ‘अब हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन, ‘७५३ को सट्टा दुई सय बनाऔं ।

पायक पर्ने ठाउँमा बनाऔं दुईरतीन पालिकाको बीचमा । त्यसमा पूर्ण शक्ति लगाऔं, डाक्टर, नर्स र भवनको व्यवस्था गरौं ।’ तत्काल लोकप्रिय हुन नभएर दीर्घकालीन रुपमा अर्थ राख्ने खालको बजेट बनाउन उनले सरकारलाई आग्रह समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us