झापामा हुरीले घर भत्काउँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ १ गते १६:१३ मा प्रकाशित

झापा, १ जेठ– झापाको हल्दीबारीमा हुरीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ ।

झापाको हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका हुरीले घर भत्काउँदा ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन ।

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गए रातिको भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us