ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन

काठमाण्डु टुडे २०८२ जेठ १ गते १६:३८ मा प्रकाशित

काठमाण्डू, १ जेठ– काठमाण्डूको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन भएको छ । बुधबार काठमाण्डूको नागढुंगास्थित सडकमा इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेका हुन् ।

घटनाबारे छानबिन गर्न एसपी पदम बहादुर विष्टको नेतृत्वमा समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले जानकारी दिएका छन । उपत्यका प्रहरी कार्यालयले गठन गरेको समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाण्डूका इन्स्पेक्टर सदस्य रहेको पनि उनले उनले जानकारी दिएका छन ।

ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत साह र प्रहरी प्रभाग नागढुंगामा कार्यरत खड्कालाई जिम्मेवारीबाट हटाइएको छ । साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा र खड्कालाई जिल्ला प्रहरी परिसरमा झिकाइएको एसएसपी खनालले जानकारी दिएका छन । बुधवार सडकमै साहले जुनियर प्रहरीलाई चड्कन हानेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us