
काठमाण्डू, १ जेठ- नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता परिवर्तन गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दबहादुर पुन, महासचिव देव गुरुङ तथा सुदूरपश्चिम
प्रदेशका इन्चार्जसमेत रहेका उपमहासचिव गिरिराजमणि पोखरेललगायतको उपस्थितिमा बिहीबार स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता बनाइएको हो ।
प्रदेशसभाका बहुमत सदस्यले भट्टलाई हटाएर १२ माघ २०८० मा मानबहादुर धामीलाई दल नेता बनाएका थिए ।
प्रचण्डसहित नेताहरुको उपस्थितिमा डडेल्धुरामा बसेको बैठकले आफूलाई दल नेताको जिम्मेवारी दिएको भट्टले बताए ।
प्रचण्डले यसअघि पटकपटक दल नेता परिवर्तन गर्ने निर्णय सच्याउन निर्देशन दिएका थिए । मौखिक निर्देशन पालना नभएपछि उनले लिखित निर्देशनसमेत दिएका थिए ।