समाचार

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते

२०८२ जेठ १८ गते १४:२२

काठमाण्डू, १८ जेठ– डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन । डोटीको के.आई.सिंह गाउँपालिका–५ केदार गाउँस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा आइतबार बिहान साढे ९ बजे सुपप्र ०१ ००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु...

त्रिविमा तोडफोड गर्ने नेविसंघ कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढ्यो

२०८२ जेठ १८ गते १३:३५

काठमाण्डू, १८ जेठ– त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको कार्यालयमा तोडफोडमा संलग्न सत्तारुढ काँग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढेको जनाएको छ । त्रिवि रजिस्ट्रार कार्यालयअन्तर्गतको सूचना तथा जनसम्पर्क महाशाखाले शनिबार विज्ञप्ति जारी गरेर उपकुलपतिको सचिवालय तोडफोड गर्ने तथा पदाधिकारीहरूलाई धम्की तथा आक्रमण गर्न खोज्नेमाथि...

माइतीघर–बानेश्वर खण्डमा यातायात व्यवसायीको प्रदर्शन

२०८२ जेठ १८ गते १३:३१

काठमाण्डू, १८ जेठ– आज (आइतबार) काठमाण्डूमा सार्वजनिक यातायात व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि देशव्यापी आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आइतबार दिउँसो माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । दुई...

गृहमन्त्रीको बचाउमा गर्दै प्रधानमन्त्रीले विपक्षीलाई भनेः बच्चाले खेलौना मागेझैँ राजीनामा माग्न पाइँदैन

२०८२ जेठ १८ गते १२:५१

काठमाण्डू, १८ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने विपक्षी दलहरूको मागलाई ‘निराधार र अनुचित’ भन्दै गृहमन्त्रीले कुनै हालतमा राजीनामा दिन नमिल्ने तर्क गरेका छन । हिजो शनिबार काठमाण्डूमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘हाफ म्याराथन’को शुभारम्भपछि...

जिप दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

२०८२ जेठ १८ गते १२:५०

काठमाण्डू, १८ जेठ– डोटीको केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्‍याइएकामा चिकित्सकले...

राइड सेयरिङविरुद्ध आन्दोलनरत यातायात व्यवसायीलाई गजेन्द्र बुढाथोकीको प्रश्न

२०८२ जेठ १८ गते १२:३४

एक्सिडेन्टपछि विगत १६ वर्षदेखि मध्यम वा लामो दूरीमा हिँड्नु पर्दा मलाई ट्याक्सी नै चाहिन्छ । विगतमा रोकी सकेको ट्याक्सीले व्हीलचेयर देखेपछि लान नमान्ने, बढी भाडा माग्ने, अपशब्द बोल्ने धेरैपटक घटना बेहोरें । मोबाइलमा १०/१२ ट्याक्सी ड्राइभरको नाम सेभ होला । कस्तोसम्म भोगें भने त्यही...

राउटे युवतीमाथि दुर्व्यवहार गर्ने युवा दैलेखमा पक्राउ

२०८२ जेठ १८ गते १२:२२

काठमाण्डू, १८ जेठ– प्रहरीले राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने एक युवालाई दैलेखबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठविस नगरपालिका दैलेखका तपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिएका छन । केही दिन अगाडी गुडिरहेको ट्रकमा चार जना युवतीलाई राखेर...

परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

२०८२ जेठ १८ गते ११:१८

काठमाण्डू, १८ जेठ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जनवादी हङकङबाट स्वदेश फर्किएका छन् । राणा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गएराति स्वदेश फर्किएकी हुन् ।...

२ सय ५० करोड ठगेर फरार कर्णाली डेभलपमेन्ट बैंकका सञ्चालक राय पक्राउ

२०८२ जेठ १८ गते ११:०७

काठमाण्डू, १८ जेठ– कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक राजेन्द्रवीर राय पक्राउ परेका छन् । बैंकका प्रमुख कार्यकारी अधिृकत (सिईओ) समेत रहेका राय बचतकर्ताको २ सय ५० करोड बढी रकम ठगी गरेर फरार थिए । रायलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले रूपन्देही सिद्धार्थनगर...

काठमाण्डूमा भएको मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

२०८२ जेठ १८ गते ८:०२

काठमाण्डू, १८ जेठ– काठमाण्डूको चन्द्रागिरि नगरपालिका– ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ककनी गाउँपालिका–१ नुवाकोटकी ३६ वर्षीया सुनिता बलामी छन् । चित्लाङबाट काठमाण्डू आउँदै गरेको बागमती प्रदेश ०२०१प८०६८ नम्बरको मोटरसाइकल शनिबार साँझ करिब ८...

४० वर्षदेखि अलपत्र सडक निर्माणमा जुटेका जनप्रतिनिधि

२०८२ जेठ १८ गते ७:५७

काठमाण्डू, १८ जेठ– लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्रालयमन्त्री सरोज थापा (रोज राणा) ले निर्वाचनका क्रममा मतदाता समक्ष गरेका बाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । थापाले विकासमा पछि परेको जिल्लाको मुहार परिवर्तन गर्ने आफ्नो बाचा नबिर्सिएको बताए । जिल्लाको अति दुर्गम बाहाने–स्याउलीबाङ...

आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा तीन जिल्लामा बिदा

२०८२ जेठ १८ गते ७:३३

काठमाण्डू, १८ जेठ- आज वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाइँदैछ । उक्त अवसरमा सरकारले आज काठमाण्डू, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको छ । यकिन मिति नभए पनि करिब तीन हजार वर्षदेखि ललितपुरको जावलाखेलमा यो जात्रा मनाइँदै आइएको छ । राष्ट्रपति रामचन्द्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us