
काठमाण्डू, १८ जेठ– काठमाण्डूको चन्द्रागिरि नगरपालिका– ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ककनी गाउँपालिका–१ नुवाकोटकी ३६ वर्षीया सुनिता बलामी छन् ।
चित्लाङबाट काठमाण्डू आउँदै गरेको बागमती प्रदेश ०२०१प८०६८ नम्बरको मोटरसाइकल शनिबार साँझ करिब ८ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी बलामीको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक ककनी– १ का मानबहादुर बलामी घाइते भएका छन् ।