समाचार

आजको मौसमः कोशी, मधेस, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षा

२०८२ जेठ १८ गते ७:२१

काठमाण्डू, १८ जेठ– हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव  रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि...

त्रिविमा काँग्रेस विद्यार्थीको गुण्डागर्दी निन्दनीय छः विष्णु रिजाल

२०८२ जेठ १८ गते ७:१७

काठमाण्डू, १८ जेठ- एमाले नेता विष्णु रिजालले सत्ता साझेदार काँग्रेस विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयमा खुलेआम गुण्डागर्दी र आक्रमण गरिरहेको भन्दै निन्दा गरेका छन् । रिजालले विद्यार्थी राजनीतिबाटै आएका मन्त्री र महामन्त्री बनेकाहरुको मौनता र संरक्षणले विश्वविद्यालयका पदाधिकारी असुरक्षित बनेको र शैक्षिक वातावरणलाई नै...

पुथ्वीपथ भनेको मारकाट पथ हो, पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गरेः ओली

२०८२ जेठ १७ गते २२:२८

kp oli काठमाण्डू, १७ जेठ–प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाण्डूमा बुद्धिजिवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले केही मानिसहरू अहिले आएर ‘पृथ्वीपथ’ भनिरहेको तर पृथ्वीनारायण शाहले त्यतिबेला गरेजस्तै आफूबाहेक अरूलाई मास्ने कुरा अहिलेको...

गृहमन्त्री लेखकले राजीनामा दिनैपर्छः कोइराला

२०८२ जेठ १७ गते २२:२१

खोटाङ, १७ जेठ– कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने धारणा दोहो-याएका छन् । हलेसीमा शनिबार आयोजित एक कार्यक्रममा कोइरालाले भिजिट भिसाका नाममा मानव तस्करी भएको प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामा मागेका हुन् । यसअघि पनि कोइरालाले लेखकले नैतिकताका आधारमा राजीनामा...

नेताहरुले काम नगर्दा गणतन्त्रमा प्रश्न उठ्योः झाँक्री

२०८२ जेठ १७ गते २१:५७

काठमाण्डू, १७ जेठ–नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रमाथि प्रश्न उठाउने समय नभएको बताएकी छन् । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा झाँक्रीले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष र संविधान जारी गरेको करिब १० वर्षमा प्रश्न उठ्नुमा सोच्न जरुरी रहेको बताएका हुन् । ‘गणतन्त्रमा प्रश्न...

सडकमा मकै पोलेर बेच्ने र मध्यम वर्गका लागि सरकारले काम गरेनः योगेश

२०८२ जेठ १७ गते २१:४९

ललितपुर, १७ जेठ–एमाले सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रुपान्तरणको आवश्यकता रहेको बताएका छन् । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा भट्टराईले राज्य नजिक रहेको अनुभूति जनताले नगरेको बताउँदै दल र नेताहरू रूपान्तरित हुनुपर्ने बताएका हुन् । ‘सुशासन, डेलिभरीका कुराहरु छन् ।...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु, भीरबाट लडेर वृद्धाले ज्यान गुमाइन्

२०८२ जेठ १७ गते २१:४७

बैतडी, १७ जेठ– बैतडीमा शनिबार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सुर्नया गाउँपालिका–५ विष्टपालीका ८१ वर्षीय महावीर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले बताए । धनगढीबाट विष्टपालीतर्फ आउँदै गरेको सुपप्र०१–००१ क १८१३ नम्बरको मिनी ट्रकले बाटोमा हिँडिरहेका...

देउवाले भन्दा राम्रोसँग प्रधानमन्त्री चलाउने मान्छे काँग्रेसमा धेरै छन्ः गगन थापा

२०८२ जेठ १७ गते २०:५५

ललितपुर, १७ जेठ– कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र सभापति शेरबहादुर देउवाभन्दा राम्रोसँग प्रधानमन्त्री चलाउन सक्ने दर्जनौं नेताहरू रहेको दाबी गरेका छन् । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सभापति देउवाभन्दा राम्ररी प्रधानमन्त्री चलाउन सक्ने व्यक्तिहरू कांग्रेसभित्र रहेको बताएका हुन् । ‘अहिलेको सभापति...

राजावादीसँग सरकार डरायोः लिङ्देन

२०८२ जेठ १७ गते १५:१०

काठमाण्डू, १७ जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुसँग सरकार डराएको बताएका छन् । पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यसअघि निषेधित क्षेत्र नभएका ठाउँहरूमा पनि राजसंस्थावादी शक्तिहरूको आन्दोलनपछि निषेधित क्षेत्र तोकिनुले सरकार डराएको पुष्टि हुने बताएका हुन् । ‘हिजोसम्म...

ओलीलाई प्रचण्डको प्रस्तावः शेरादरबारको छानबिन मबाट र गिरिबन्धुको छानबिन तपाईंबाट सुरु गरौं

२०८२ जेठ १७ गते १५:०६

काठमाण्डू, १७ जेठ–माओवादी केन्द्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबार प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । माओवादी पत्रकारको संस्था प्रेस सेन्टर नुवाकोटले शनिबार विदुरमा गरेको पत्रकार भेटभाटमा उनले शेरा दरबारबारेको छानबिन आफैंबाट सुरु गर्न यसअघि नै सार्वजनिक रुपमा भनिसकेको स्मरण...

कर्णाली राजमार्ग चार दिन बन्द हुने

२०८२ जेठ १७ गते १४:५२

काठमाण्डू, १७ जेठ– कर्णाली राजमार्ग मर्मतका लागि चार दिन बन्द हुने भएको छ । कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मंगलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएको हो । सडक बन्द हुँदा कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ ।...

भाडामा २/४ सय मान्छे जम्मा गर्दैमा राजतन्त्र फर्कन सक्दैनः प्रचण्ड

२०८२ जेठ १७ गते १४:४८

नुवाकोट, १७ जेठ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाडाका २÷४ सय मान्छे जम्मा गर्दैमा मुलुकमा राजतन्त्र फर्कन नसक्ने बताएका छन् । पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस सेन्टरले शनिबार विदुरमा गरेको पत्रकार भेटघाटमा उनले राजावादीहरूको प्रदर्शनले व्यवस्था परिवर्तन नहुने बताए । ‘भाडामा मान्छे ल्याएर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us