राजावादीसँग सरकार डरायोः लिङ्देन

काठमाण्डु टुडे २०८२ जेठ १७ गते १५:१० मा प्रकाशित

काठमाण्डू, १७ जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुसँग सरकार डराएको बताएका छन् ।

पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यसअघि निषेधित क्षेत्र नभएका ठाउँहरूमा पनि राजसंस्थावादी शक्तिहरूको आन्दोलनपछि निषेधित क्षेत्र तोकिनुले सरकार डराएको पुष्टि हुने बताएका हुन् ।

‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजसंस्था पक्षधहरुको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो । सरकार कमजोर भयो भन्नेकुराको प्रमाण हो,’ उनले भने ।

उनले आन्दोलना जनसहभागिता उत्साहप्रद रहेको र आगामी कार्यक्रमलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको पनि जानकारी दिए ।

‘हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ । हामीलाई यसले उत्साहित तुल्याएको छ,’ उनले भने । आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि उनले बताए।

अध्यक्ष लिङदेनले जेठ १५ गते प्रधानमन्त्री केपी  ओलीले आन्दोलनका लागि काठमाण्डू आह्वान गर्दा गणतन्त्रको पक्षधर स्पष्ट भएको पनि बताए ।

-न्युज एजेन्सी नेपाल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us