भाडामा २/४ सय मान्छे जम्मा गर्दैमा राजतन्त्र फर्कन सक्दैनः प्रचण्ड

काठमाण्डु टुडे २०८२ जेठ १७ गते १४:४८ मा प्रकाशित

नुवाकोट, १७ जेठ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाडाका २÷४ सय मान्छे जम्मा गर्दैमा मुलुकमा राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।

पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस सेन्टरले शनिबार विदुरमा गरेको पत्रकार भेटघाटमा उनले राजावादीहरूको प्रदर्शनले व्यवस्था परिवर्तन नहुने बताए ।

‘भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्नु सामान्य हो’, उनले भने, ‘ त्यसकारण भाडामा आएका मान्छेले व्यवस्था परिवर्तन, संविधान परिवर्तन गर्ने भन्ने हुनै सक्दैन ।’

चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा आएका मानिसहरुले नै आफूहरु पैसा लिएर आएको भनेकाले त्यो पुष्टि हुने उनको भनाइ थियो ।
राजावादीहरूसँग चुनाव लड्ने र बहुमत ल्याएर सरकार बनाउनेबाहेक अरु विकल्प नरहेको उनको भनाइ थियो । राजावादी दलहरुसँग जनमत नरहेको भन्दै उनले यसअघि चुनाव र उपचुनावमा राजावादीको जनमत देखिएको उल्लेख गरे ।

पूर्वराजा ज्ञानेद्र शाहलाई गद्धीमा फर्काउन नभई काँग्रेस र एमाले एमाले सरकारले गरेको ज्यादतीप्रति आक्रोश पोख्न पनि राजावादी जुलुसमा केही मानिस आएको प्रचण्डले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us