समाचार

निजी विद्यालयमा नेपाली बोल्दा कारबाही र जरिवाना नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०८२ जेठ १६ गते १७:१९

काठमाण्डू, १६ जेठ– निजी विद्यालयमा नेपाली भाषा बोल्दा विद्यार्थीलाई कारबाही गर्ने प्रवृत्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले विद्यालयले विद्यार्थीलाई नेपाली भाषा बोल्न नदिने वा त्यसका लागि कारबाही गर्ने कार्य नगर्न आदेश जारी गरेको हो...

रहेनन् वरिष्ठ पत्रकार चालिसे

२०८२ जेठ १६ गते १७:०५

काठमाण्डू, १६ जेठ– वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको आज (शुक्रबार) ७४ वर्षको उमेरमा निधन भएको हो । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले...

विदेश भ्रमणमा लाग्दै आएको ५ प्रतिशत कर खारेज

२०८२ जेठ १६ गते १६:३५

काठमाण्डू, १६ जेठ– सरकारले विदेश भ्रमण जाँदा लिँदै आएको शुल्क आगामी आर्थिक वर्ष ०८२–८३ देखि लागु हुने खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयक ०८२ मार्फत उक्त शुल्क सम्बन्धी व्यवस्था हटाएका हुन् । कोरोना महामारी लगत्तै अर्थतन्त्रको वाह्य क्षेत्रमा परेको दबाबका कारण...

११ महिनापछि शेखर–गगनबिच भेटवार्ता

२०८२ जेठ १६ गते १६:३१

काठमाण्डू, १६ जेठ– नेपाली कांग्रेसमा इतर समूहको नेतृत्व गरेका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबिचच ११ महिनापछि आज शुक्रबा भेटवार्ता भएको छ । आज बिहान डा. कोइरालाको बालुवाटारस्थित सचिवालयमा दुई नेताबिच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन । यसअघि...

अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा

२०८२ जेठ १६ गते १६:२१

काठमाण्डू, १६ जेठ– नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल काठमाण्डू रहेका श्रेष्ठलाई काठमाण्डू उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको हो । रानीपोखरीका डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि खाली ठाउँमा श्रेष्ठलाई...

बजेट कार्यान्वयन आजैबाट सुरु हुन्छः अर्थमन्त्री पौडेल

२०८२ जेठ १६ गते १५:२१

काठमाण्डू, १६ जेठ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् । बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् । उनले अर्थ मन्त्रालयले कार्ययोजनाको काम...

नयाँ बजेटमा सबै पक्षको सकारात्मक प्रतिक्रिया आयोः उपमहासचिव रिमाल

२०८२ जेठ १६ गते १५:११

काठमाण्डू, १६ जेठ– सत्ता घटक दल एमालेका उपमहासचिव समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहाका विष्णु रिमालले आगामी आर्थिक वर्ष ०८२–८३ का लागि बिहीबार संसद्मा पेस गरिएको नयाँ बजेटमा सबै पक्षको सकारात्मक प्रतिक्रिया आएको बताएका छन् । आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस...

आइतबार उपत्यकामा सार्वजनिक बिदा

२०८२ जेठ १६ गते १४:४४

काठमाण्डू, १६ जेठ– सरकारले आगामी आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनीक बिदा दिएको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डू, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिएका छन । मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको गृह...

राजावादी प्रदर्शनका कारण करिडोर क्षेत्रमा ट्राफिक अस्तव्यस्त

२०८२ जेठ १६ गते १४:३८

काठमाण्डू, १६ जेठ– राजावादी समुहले राजसंस्था पुनर्स्थापनाको माग राख्दै गरेको प्रदर्शनका कारण काठमाण्डूको माइतीघर–मण्डला, बबरमहल, नयाँ बानेश्वर लगायत नदी करिडोरको सवारी आवागमन प्रभावित भएको छ । हिजोबाट सुरु भएको राजावादीहरूको आन्दोलन राजसंस्था पुनर्स्थापना नभएसम्म जारी रहने बताइएको छ । राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसमेतको...

विनियोजन कुशलतामा सचेत भएर बजेट ल्यायौंः अर्थमन्त्री

२०८२ जेठ १६ गते १४:२६

काठमाण्डू, १६ जेठ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन कौशलतामाथि सचेत भएर आगामी आर्थिक वर्ष ०८२–८३ को बजेट ल्याइएको बताएका छन । आज शुक्रबार अर्थ मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट’ छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले विगतमा आलोचित बनेका विषयलाई बजेटले सच्याएको समेत...

काठमाण्डूमा राजावादीहरुको प्रदर्शन जारी

२०८२ जेठ १६ गते १४:००

काठमाण्डू, १६ जेठ– राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राजावादी समुहरुले आज पनि काठमाण्डूमा प्रदर्शन गरेका छन् । उनीहरुले माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । उनीहरुले विहीबार शान्तिबाटीकामा प्रदर्शन गरेका थिए । राप्रपा, राप्रपा नेपालसहितका दलहरुले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन...

त्रिशुली नदीमा पौडी खेल्नेक्रममा एक बालिका बेपत्ता

२०८२ जेठ १६ गते १३:३१

काठमाण्डू, १६ जेठ– त्रिशुली नदीमा पौडी खेल्नेक्रममा एक बालिका बेपत्ता भएकी छन । तनहुँको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने ११ वर्षिया सृष्टि गुरुङ्ग डुबेर बेपत्ता भएकी प्रहरीले जानकारी दिएको छ । बिहिबार साँझ ६ बजेतिर बेपत्ता भएकी सशस्त्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us