
काठमाण्डू, १६ जेठ– नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल काठमाण्डू रहेका श्रेष्ठलाई काठमाण्डू उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको हो ।
रानीपोखरीका डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि खाली ठाउँमा श्रेष्ठलाई सरुवा गरिएको प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिएका छन ।