
काठमाण्डू, १६ जेठ– वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको आज (शुक्रबार) ७४ वर्षको उमेरमा निधन भएको हो ।
जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी खिएको छ । उनी केही समयदेखि बिरामी भएर उपचाररत रहेका थिए । चालिसेको शुक्रबार नै गोकर्णमा अन्त्येष्टि गरिने बताइएको छ ।