
काठमाण्डू, १६ जेठ– सत्ता घटक दल एमालेका उपमहासचिव समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहाका विष्णु रिमालले आगामी आर्थिक वर्ष ०८२–८३ का लागि बिहीबार संसद्मा पेस गरिएको नयाँ बजेटमा सबै पक्षको सकारात्मक प्रतिक्रिया आएको बताएका छन् ।
आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमाले उपमहासचिव रिमालले यस्तो बताएका हुन । उपमहासचिव रिमालले बजेटमा खोट देखाउने ठाउँ नपाएपछि कतिपयमा बजेटले नराम्रै गर्छ भनेर कसरी देखाउने भन्ने चिन्ता परेको पनि बताएका छन ।
रिमालले विभिन्न दल र सार्वजनिक जीवनमा चिनिएकाहरू पनि ‘नराम्रो भन्ने नसक्ने र राम्रो भन्न पनि मन नलाग्ने’ द्विविधामा परेको बताए । उनले बजेट मात्रै सबै विषय नभएको भन्दै गुण–दोष, तथ्य र तर्कका आधारमा टिप्पणी गर्नुपर्ने सुझाव समेत दिएका छन ।