११ महिनापछि शेखर–गगनबिच भेटवार्ता

काठमाण्डु टुडे २०८२ जेठ १६ गते १६:३१ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– नेपाली कांग्रेसमा इतर समूहको नेतृत्व गरेका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबिचच ११ महिनापछि आज शुक्रबा भेटवार्ता भएको छ ।

आज बिहान डा. कोइरालाको बालुवाटारस्थित सचिवालयमा दुई नेताबिच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन । यसअघि उनीहरूबिच गत असार ३० गते मन्त्री पठाउने विषयमा छलफल भएको थियो ।

त्यसपछि बल्ल आज भेट भएको स्वकीय सचिव थपलियाले जानकारी दिएका छन । पार्टीको १४ औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्री लडेका नेताद्वयबिच पछिल्लो समय सम्बन्धमा सौहार्दता नभएको चर्चा हुँदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us