
काठमाण्डू, १८ जेठ– कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक राजेन्द्रवीर राय पक्राउ परेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिृकत (सिईओ) समेत रहेका राय बचतकर्ताको २ सय ५० करोड बढी रकम ठगी गरेर फरार थिए ।
रायलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट शनिबार पक्राउ गरेको हो ।
सिआईबीले बैंकिङ कसुर तथा सजाय ऐन–२०६५ अनुसार रायमाथि छानबिन थालिएको बताएको छ ।