समाचार

विष्णु पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोप, २१ करोडको बिगो दाबी

२०८३ असार ३२ गते १९:४७

काठमाण्डू, ३२ असार– व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दयार गरेको छ । विशेष अदालतले जारी गरेको सूचना अनुसार, पौडेलमाथि २० करोड ९०...

काँग्रेस सांसद् अभिषेकप्रताप शाहलाई पक्राउ गर्दै प्रहरी

२०८३ असार ३२ गते १९:०८

काठमाण्डु– प्रमुख प्रतिपक्षी काँग्रेस सांसद् अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कपिलवस्तु प्रहरीका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले साहविरूद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी दिए । ‘अनालतबाट पक्राउ पुर्जी जारी भएको छ’, उनले भने, ‘उहाँलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइन्छ ।’...

काँग्रेस र नेकपाद्वारा कर्णालीका मुख्यमन्त्री कँडलेविरुद्ध अविश्वास प्रस्ताव

२०८३ असार ३२ गते १८:५८

सुर्खेत– काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । । कांग्रेस र नेकपाका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री कँडेलविरूद्ध बिहीबार अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । नेकपा प्रदेशसभा सदस्य बिन्दमान विष्टले आफ्नो दलका १० र...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

२०८३ असार ३२ गते १८:२४

काठमाण्डू, ३२ असार–  ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। बाँकेको कोहलपुर निवासी ५९ वर्षीय एक पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफल शल्यक्रियामार्फत नयाँ जीवन प्राप्त भएको अस्पतालले...

विशेष अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्य सिफारिस

२०८३ असार ३२ गते १८:२०

काठमाण्डू, ३२ असार– न्यायापरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ । परिषद्को आजको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीहरूको व्यापक सरूवा गर्दै उच्च अदालतमा पनि अध्यक्ष फेर्न सिफारिस गरेको हो । अहिले विशेष अदालतका अध्यक्ष सुदर्शनदेव...

अष्टलक्ष्मी शाक्यलाई हृदयघात

२०८३ असार ३२ गते १८:१३

काठमाण्डू, ३२ असार– एमालेका नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ । बिहान समस्या देखिएपछि शाक्यलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पारिवारिक स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ । अस्पतामै उपचारत शाक्यलाई पर्सिसम्म घर फर्काउन सक्ने सम्भावना रहेको पारिवारिक स्रोतले जानकारी दिएको...

थुनामुक्त भए पूर्वसांसद कोइरी

२०८३ असार ३२ गते १८:०८

काठमाण्डू, ३२ असार– एमाले नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त भएका छन् । बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले कोइरीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो । लगत्तै उनी थुनामुक्त भएका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले...

प्रहरीले गरेको दुर्व्यवहार र यातनाविरुद्ध कानुनी लडाइँ लड्छुः माजिद अन्सारी

२०८३ असार ३२ गते १७:०३

काठमाण्डू, ३२ असार– जेनजी अभियन्ता माजिद अन्सारीले जेठ २७ गते कीर्तिपुर होल्डिङ सेन्टर पुगेका बेला एक गैरनिर्वाचित व्यक्तिको आदेशमा प्रहरीले चारैतिरबाट घेरा हालेर अमर्यादित व्यवहार गरेको बताएका छन । उनले करिब १०–१२ जना प्रहरीले क्यामेराले नदेख्ने स्थानमा लगेर लछारपछार गर्दै कुटपिट गरेको, जसका कारण...

सम्पत्ति छानबिन आयोगले भन्योः सम्पूर्ण काम स्थगित

२०८३ असार ३२ गते १६:३८

 काठमाण्डू, ३२ असार– सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी आफ्ना सम्पूर्ण काम–कारबाही हालका लागि रोकेको छ । आयोगले आज (बिहिबार) एक सार्वजनिक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । आयोगले अर्को व्यवस्था नभएसम्मका लागि काम स्थगित गरीएको...

माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु, सात घाइते

२०८३ असार ३२ गते १६:३०

काठमाण्डू, ३२ असार– रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन । रुपन्देहीको भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा बुटवल उउपमहानगरपालिका–३ का...

बैतडीको पुर्चौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

२०८३ असार ३२ गते १६:२२

काठमाण्डू, ३२ असार– बैतडीको पुर्चौडी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टर चालक कञ्चनपुरको साविकको सुडा गाविस–८ (हाल भीमदत्त नगरपालिका) का ४४ वर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक भुवन तिमल्सिनाले जानकारी दिएका छन...

घुस लिएको आरोपमा सुनिल पौडेललाई साढे ८ वर्ष कैद

२०८३ असार ३२ गते १६:१७

काठमाण्डू, ३२ असार– विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोपमा आठ वर्ष कैद...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us