काठमाण्डू, ३२ असार– व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दयार गरेको छ ।
विशेष अदालतले जारी गरेको सूचना अनुसार, पौडेलमाथि २० करोड ९० लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेको आरोप रहेको छ । विभागले पौडेलको बैंक खातामा भएको ६ लाख ३४ हजार रुपैंया जफत गर्न समेत मागदाबी गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेल सहित ६ जना व्यक्ति र १० वटा कम्पनीहरुलाई मुद्दा चलाएको हो ।