समाचार

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित

२०८२ असार १४ गते १७:३९

काठमाण्डू, १४ असार– प्रतिनिधिसभाको शनिबारको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ बहुमतले पारित भएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । त्यसअधि आजै गृहमन्त्री लेखकले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१...

विद्या भण्डारीद्वारा एमाले राजनीतिमा फर्किएको घोषणा

२०८२ असार १४ गते १७:३५

काठमाण्डू, १४ असार– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमाले राजनीतिमा फर्किएको घोषणा गरेकी छन् । पति एवं तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४औं जन्मदिनका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा भण्डारीले राष्ट्रपतिको जिम्मेवारीबाट अलग भएलगत्तै पार्टी सदस्यता नवीकरण गरेको बताइन् । राष्ट्रपति बन्नुअघि उनी एमाले उपाध्यक्ष...

राजनीतिमा थकाई भन्ने हुँदैन, पुनः एमाले परिवारमा समाहित भएको छुः विद्या भण्डारी

२०८२ असार १४ गते १७:२६

काठमाण्डू, १४ असार– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन् । पति एवं तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४औं जन्मदिनका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा भण्डारीले राष्ट्रपतिको जिम्मेवारीबाट अलग भएलगत्तै पार्टी सदस्यता नवीकरण गरेको बताइन् । भण्डारीले पति मदन भण्डारीको ‘राजनीतिमा...

रास्वपाका सांसद् भिजिट भिसामा नेपालीलाई जापान पठाउने काममा संलग्न छन्ः खतिवडा

२०८२ असार १४ गते १७:०८

काठमाण्डू, १४ असार– कांग्रेस सांसद् एवं प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सांसद् सञ्चालक रहेको ‘सुमिरे टुर एण्ड ट्राभल्स’ ले भिजिट भिसाका नाममा मानव तस्करी गर्दै आएको आरोप लगाएका छन् । प्रतिनिसभा बैठकमा शनिबार खतिवडाले...

ईश्वर पोखरेलको प्रश्नः विद्या भण्डारी राजनीतिमा फर्कन खोज्दा तातो तावामा उफ्रिएजस्तो किन गर्ने ?’

२०८२ असार १४ गते १६:५४

काठमाण्डू, १४ असार– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक व्यक्ति भएकाले राजनीतिमा आउने कुरा स्वाविक भएको बताएका छन् । तत्कालीन महासचिव मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार राजधानीमा गरेको कार्यक्रममा पोखरेलले भण्डारीलाई राजनीतिक व्यक्तिका रुपमा बुझ्न आग्रह गरेका...

केपी ओली लक्षित ईश्वर पोखरेलको टिप्पणीः खबरदार ! यो बोल्न पाउँछस्, यो बोल्न पाउँदैनन् भन्न मिल्छ ?

२०८२ असार १४ गते १६:४४

काठमाण्डू, १४ असार– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र बहसलाई निषेध गर्ने अध्यक्ष केपी ओलीको प्रयासप्रति आपत्ति जनाएका छन् । तत्कालीन महासचिव मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार राजधानीमा गरेको कार्यक्रममा पोखरेलले बहसलाई निषेध गर्न नपाइने बताए । आगामी भदौमा विधान...

मेराविरुद्ध विद्या भण्डारीले बम पड्काउँछिन् भन्ने आशा नराखे हुन्छः ओली

२०८२ असार १४ गते १६:२७

काठमाण्डू, १४ असार– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले एमालेको आन्तरिक एकता कमजोर भएको देख्न चाहनेहरुलाई धेरै आशा नगर्न आग्रह गरेका छन् । तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा ‘मदन भण्डारी’ फाउन्डेशनले शनिबार राजधानीमा गरेको कार्यकमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटाउन खोज्नेहरुले...

विद्या भण्डारीले सधैं राम्रो कुरा गर्दै आउनुभएको छः ओली

२०८२ असार १४ गते १६:०८

काठमाण्डू, १४ असार– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीलाई आफूहरुले महासचिव बनाएको दाबी गरेका छन् । भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले आफूहरुले लामो छलफलको निस्कर्षसहित भण्डारीलाई महासचिव बनाएको दाबी गरे । ‘हामीले नै मदन भण्डारीलाई...

कम्युनिष्ट पार्टीमा व्यक्तिगत स्वार्थ र पद प्राप्तिका लागि तँछाडमछाड हुन थाल्योः प्रचण्ड

२०८२ असार १४ गते १५:५५

भक्तपुर, १४ असार– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा विचलन आएको बताएका छन् । पार्टी सम्वद्ध उद्योग व्यापार संगठनले शनिबार भक्तपुरमा गरेको कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक, राजनीतिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताए । समर्पण हराएर कम्युनिष्ट पार्टीमा व्यक्तिगत...

जब आमासँगै सुतेकी बालिकालाई थुतेर हत्या गरियो…

२०८२ असार १४ गते १५:४६

विराटनगर, १४ असार– मोरङको धनपालथान गाउँपालिका–६, बबिया टोलमा रात शान्त थियो । एक साधारण गाउँको एक साधारण घरभित्र, पाँच वर्षकी आत्तिका सरदार आफ्ना बाबु आमाको अँगालोमा निदाएकी थिइन् । त्यही न्यानो काखमा, उनी सायद कुनै मिठो सपना देखिरहेकी थिइन् । तर ती सपना एक्कासि...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

२०८२ असार १४ गते १५:२३

काठमाण्डू, १४ असार– प्रतिनिधिसभाको बहुमतले आर्थिक विधेयक–२०८२ पारित भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबारको प्रतिनिधिसभा बैठकमा विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि बैठकमा विधेयकमाथि विभिन्न सांसदले दर्ता गराएका संशोधन प्रस्तावमाथि छलफल गरिएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरूको...

मेलम्चीबाट इन्द्रवती किनारमा खस्यो यात्रु बस

२०८२ असार १४ गते १५:१६

काठमाण्डू, १४ असार– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० स्थित मेलम्ची–भोताङ सडक खण्डमा बस दुर्घटना भएको छ । भोताङबाट मेलम्चीतर्फ आउँदै गरेको नाप्र३०–००५ख९९७६ नम्बरको बस शनिबार अपराह्न १ बजेतिर सडकबाट इन्द्रावती नदी किनारमा खसेको हो । दुर्घटनामा चालकसहित ८ यात्रु घाइते भएका सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us