समाचार

मकवानपुरमा खुकुरी प्रहारबाट पुरुषको मृत्यु, स्वास्थ्य चौकीका कर्मचारी पक्राउ

२०८२ असार १४ गते १५:०२

मकवानपुर, १४ असार– मवकानपुरमा खुर्पा प्रहारबाट एक जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय रामबहादुर वाइबाको खुर्पा प्रहारबाट ज्यान गएको हो । घटना शनिबार बिहान ५ बजेतिरको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालयका...

एमालेमा आफ्नो विकल्प खोज्नेहरुको हिसाबकिताब गर्ने ओलीको चेतावनी

२०८२ असार १४ गते १३:१६

काठमाण्डू, १४ असार– एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र आफ्नो विकल्पको चर्चा गर्ने नेताहरुलाई धम्कीपूर्ण चेतावनी दिएका छन् । रहस्यमय दासढुंगा दुर्घटनामा ज्यान गुमाएका तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा पार्टी सम्वद्ध युवा संघद्वारा शनिबार काठमाण्डूको कंकालीमा आयोजित वृक्षरोपण कार्यक्रममा...

गृहमन्त्री लेखकलाई राप्रपाको चेतावनीः प्रतिपक्षमा पुगेपछि जनताको कठघरामा उभिनुपर्छ, धेरै दिन छैन

२०८२ असार १४ गते १३:०४

काठमाण्डू, १४ असार– राप्रपा सांसद् रोशन कार्कीले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकप्रति कटाक्ष गरेकी छन् । प्रतिनिधिसभा बैठकमा शनिबार कार्कीले हालै पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा सरकारद्वारा गठित छानबिन समितिले लेखकलाई चोख्याउने काम गर्ने बताइन् । भिजिट भिसाका नाममा नेपाली युवालाई लुट्ने काममा...

मैले ढाई सय ट्यालेन्टमार्फत डेढ लाख विद्यार्थीलाई अनलाइन पढाउन लगाएकाले एसईई नतिजा राम्रो आयोः ओली

२०८२ असार १४ गते १२:४७

काठमाण्डू, १४ असार– प्रधानमन्त्री केपी ओलीले आफ्नो व्यक्तिगत पहलमा करिब ढाई सय प्रतिभाशाली मेन्टर र शिक्षकहरुले अनालइन कक्षा सञ्चालन गरेका कारण एसईई परीक्षाको नतिजामा सुधार भएको बताएका छन् । प्रतिनिधिसभा बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले एसईईमा ४८ प्रतिशतबाट ६२ प्रतिशत नतिजा आएकोमा जस लिने...

रेसुङ्गाका मेयर सवार गाडीको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते, आक्रोशित स्थानीयले काँग्रेस नेतालाई घेरे

२०८२ असार १४ गते ११:२६

 बुटवल, १४ असार– गुल्मीको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी सवार सवारी साधनको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । पन्थी सवार बीएए–०९१६ नम्बरको गाडीले विपरीत दिशाबाट आइरहेको लु९०प ३१९८ नम्बरको मोटरसाइकललाई शुक्रबार राति करिब १० बजे बुटवल–१२ तामनगरमा ठक्कर दिएको थियो । घाइते...

एलिजा र समीक्षाको प्रतिरोध अभियानलाई ओलीको समर्थन

२०८२ असार १४ गते ११:१६

काठमाण्डू, १४ असार– प्रधानमन्त्री केपी ओलीले गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या र व्यक्तिगत गालीगलौजविरुद्धको अभियानमा समर्थन जनाएका छन् । प्रधानमन्त्री ओलीले शनिबार बिहा फेसबुकमार्फत चौहान र अधिकारीलाई ‘साहसी छोरी’ को संज्ञा दिँदै उनीहरुले थालेको अभियानमा समर्थन जनाएका हुन्...

सिरहामा पुरुषको शव भेटियो

२०८२ असार १४ गते ११:०४

सिरहा, १४ असार– सिरहाको अर्नमा गाउँपालिका–१ मा एक युवक रहस्यमय तरिकाले मृत फेला परेका छन् । ४३ वर्षीय अजय महरा शनिबार बिहान गाउँदेखि केही पर रहेको आँपको बगैँचामा मृत अवस्थामा फेला परेका हुन् । शव मुलिफ अलि मन्सुरको जमिनमा रहेको रुखमुनि लडिरहेको अवस्थामा भेटिएको...

सुकेटार विमानस्थलमा दुई सातादेखि हवाई सेवा ठप्प

२०८२ असार १४ गते १०:५८

ताप्लेजुङ, १४ असार– ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन ।...

मकवानपुरको सन्नाटारमा रगताम्मे अवस्थामा भेटिएका पुरुषको मृत्यु

२०८२ असार १४ गते १०:५५

मकवानपुर, १४ असार– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ सान्नाटारमा रगताम्मे अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ । गस्तीमा रहेको प्रहरी टोलीले शनिबार बिहान गम्भीर अवस्थामा फेला पारेर ती पुरुषलाई अस्पताल लगेको थियो । सडकमा रगताम्मे अवस्थामा लडिरहेका ती पुरुषलाई उद्धार गरेर हेटौंडा अस्पताल लगिएकामा चिकित्सकले...

कैलालीमा २ वटा भरूवा बन्दुक बरामद

२०८२ असार १४ गते १०:४४

कैलाली, १४ असार– कैलालीको गौरीगंगा नगरपालिका–७ स्थित निराजन सामुदायिक वन क्षेत्रबाट प्रहरीले दुईवटा भरुवा बन्दुक फेला पारेको छ । कैलाली प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार ती बन्दुक वन क्षेत्रमा लुकाइएको अवस्थामा फेला परेका हुन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको...

चट्याङले छोरीको मृत्यु, आमा घाइते

२०८२ असार १४ गते ८:००

मकवानपुर, १४ असार– मकवानपुको राक्सिराङ गाउँपालिका–८ माईसिराङमा शुक्रबार साँझ परेको चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । मृत्यु हनेमा ६ वर्षीया एनिका चेपाङ रहेको कमवानपुर प्रहरीले जनाएको छ । चट्याङ लागेर मृतककी आमा २५ वर्षीया रबिनासहित चार जना घाइते भएका छन् । चट्याङ...

स्पेन उड्नुअघि ओलीले संसद् बैठकलाई सम्बोधन गर्ने

२०८२ असार १४ गते ७:५१

काठमाण्डू, १४ असार– प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार ओलीले बिहान ११ बजे बस्ने तय भएको बैठकमा सम्बोधन गर्नेछन् । बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानका दिए । स्पेन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us