समाचार

माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज

२०८३ असार ३१ गते १८:२०

काठमाण्डू, ३१ असार– काठमाण्डूको कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा प्रहरीले धरपकड गर्दा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट आज (बुधबार) डिस्चार्ज भएका छन । गत शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका बेला प्रहरीले उनीमाथि बल प्रयोग गर्दै धरपकड गरेको थियो । सोही क्रममा उनी...

सर्वोच्चको आदेशः सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू

२०८३ असार ३१ गते १८:१४

काठमाण्डू, ३१ असार– सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न सम्पत्ति छानबिन आयोगलाई कामकारबाही रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगको कामकारबाही रोक्नू भनी अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले गत शुक्रबार पनि सम्पत्ति छानबिन...

कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने

२०८३ असार ३१ गते १७:२९

काठमाण्डू, ३१ असार– कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य भंग गर्ने भएको छ । प्रदेश सरकारहरूमा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने लागीएको कांग्रेस स्रोतले जानकारी दिएको छ । पार्टी स्रोतका अनुसार, शीर्ष नेताहरूबीच निरन्तर भएको...

पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न सर्वोच्चको अर्को आदेश

२०८३ असार ३१ गते १७:२३

काठमाण्डू, ३१ असार– सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न अर्को अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले सम्पत्ति जाँचबुझ आयोगको नाममा अर्को अन्तरिम आदेश दिएको हो । पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति...

घुस लिएको मुद्दामा पनि सुनिल पौडेल दोषी ठहर

२०८३ असार ३१ गते १७:१८

काठमाण्डू, ३१ असार– विशेष अदालतले मंगलबार एकैदिन दुई ठूला भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ । गैरकानुनी सम्पत्तिआर्जनको एउटा मुद्दामा उनलाई साढे दुई वर्ष कैद सजाय भएको छ, भने घुससम्बन्धी अर्को मुद्दामा सजाय निर्धारण हुन बाँकी छ ।...

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छः प्रधानमन्त्री

२०८३ असार ३१ गते १५:०३

काठमाण्डू, ३१ असार– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम सुरु गरेको बताएका छन । उनले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने समेत प्रधानमन्त्रीले बताएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा...

एमाले पुनगर्ठनको प्रतिवेदन लेख्दै शंकर पोखरेल

२०८३ असार ३१ गते १४:५७

काठमाण्डू, ३१ असार– एमालेमा खुब चासोका साथ हेरिएको पुनगर्ठन प्रतिवेदन लेख्न महासचिव शंकर पोखरेलले सुरु गरेका छन । गत २५ असारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन लेख्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव पोखरेललाई दिएको थियो । थापा कार्यदलका संयोजक हुन् भने महासचिव पोखरेल...

सुदूरपश्चिममा एमालेका मन्त्रीहरु बर्खास्त

२०८३ असार ३१ गते १४:२३

काठमाण्डू, ३१ असार– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन । यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन दिन एमालेलाई अनुरोध गरेको थियो । मुख्यमन्त्रीको सो आग्रहपछि एमाले नेताहरु आन्तरिक छलफलमा थिए । यदि एमालेको साथ नपाए के...

कांग्रेसको प्रश्नः आत्महत्या दुरूत्साहनको मुद्दा सरकारमाथि चल्ने कि नचल्ने ?

२०८३ असार ३१ गते १४:१७

काठमाण्डू, ३१ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई सांसद्का प्रश्नको जवाफ दिन सभामुख डीपी अर्यालले रुलिङ गर्नुपर्ने माग गरेको छ । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे । त्यसपछि सभामुखले कांग्रेसकी सांसद गीता गुरुङलाई बोल्न समय दिए...

व्यक्तिले होइन, विधिले देश बनाउने होः सांसद सङ्ग्रौला

२०८३ असार ३१ गते १४:११

काठमाण्डू, ३१ असार– श्रम संस्कृति पार्टीका सांसद अम्बिकादेवी सङ्ग्रौलाले बालेन नेतृत्वको सरकार एक्सप्रेस वे मा हिँडेको गाडी जस्तो भएको भन्दा राम्रो सुनिए पनि त्यही गाडी दुर्घटना हुँदा राम्रो नसुनिने तर्क गरेकी छन । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले यस्तो बताएकी हुन...

सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैनः नेकपा

२०८३ असार ३१ गते १४:०६

काठमाण्डू, ३१ असार– प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश नबन्ने भन्दै राज्यका संयन्त्र र संस्थाहरूलाई बलियो बनाउनुपर्ने बताएको छ । प्रतिनिधिसभाको बुधवारको बैठकमा आफ्नो धारणा राख्दै पार्टीका सांसद महेन्द्रबहादुर शाहीले यस्तो बताएका हुन । उनले राजनीतिक दल र नेतृत्वले...

प्रतिनिधिसभामा विपक्षी दलहरूले गरे उठेर विरोध

२०८३ असार ३१ गते १३:५२

काठमाण्डू, ३१ असार– आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध जनाएका छन । सिंहदरबारस्थित संसद् भवनमा सभामुख बुधबार डीपी अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम सस्कृति पार्टी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us