समाचार

ओलीसँग क्रुद्ध बालेनलाई विद्या भण्डारी निवासमा ‘रेड कार्पेट’

२०८२ असार २२ गते २२:०५

काठमाण्डू, २२ असार– हालै एमाले राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भेटवार्ता भएको छ । भण्डारी भेट्न मेयर साह गत बिहीबार उनको निवास बुढानीलकण्ठ भंगाल पुगेका पुगेका थिए । भण्डारीनिकट श्रोतका अनुसार उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे...

मन्त्रिपरिरषद् पुनर्गठन गर्दै ओली, आरजु र पन्तबाहेक सबै मन्त्री फेरिने

२०८२ असार २२ गते १६:५३

काठमाण्डू, २२ असार– प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । त्यसका लागि सत्ता साझेदार काँग्रेस सभापति शेरबहादुर देउवालाई ओलीले सहमत गराइसकेको बालुवाटार श्रोतले जनाएको छ । ओली काँग्रेस–एमालेसहित सरकारमा सहभागी अन्य दलका समेत मन्त्री फेर्ने तयारीमा छन् । दुई दलबीच १७ असार...

मोरङमा प्रहरीले चलायो गोली, तीन लागुऔषध कारोबारी पक्राउ

२०८२ असार २२ गते १६:३७

विराटनगर, २२ असार– प्रहरीले मोरङमा लागुऔषध कारोबारीलाई लक्षित गरी दुई राउण्ड गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले रंगेलीमा लागुऔषध कारोबार गरिरहेकाहरुमाथि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो । घटनास्थलबाट तीन लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता एसपी जनकबहादुर शाहीले बताए ।...

६ हजार वडामा सकियो एमाले अधिवेशन

२०८२ असार २२ गते १६:२६

काठमाण्डू, २२ असार– सरकार नेतृत्वकर्ता एमालेले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सकिएको एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए। उनले पार्टीले निर्धारण गरेको समयमा...

सत्तापक्षले सांसदलाई भेडाबाख्रा बनाउन खोज्योः पौडेल

२०८२ असार २२ गते १६:२२

काठमाण्डू, २२ असार– माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सत्ता पक्षले सांसदहरुलाई भेडाबाख्रा बनाउन खोजेको आरोप लगाएका छन् । आइतबार शिक्षा समिति बैठकमा पौडेलले समितिमा ह्वीप लगाएर सांसदहरुलाई भेडाबाख्रा बनाउन खोजिएको बताए । आइतबार समितिबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी थियो । तर, शिक्षामन्त्री...

काँग्रेसमा ११ केन्द्रीय सदस्यसहित २ हजार १ सयमाथि कारबाहीको माग

२०८२ असार २२ गते १६:०७

काठमाण्डू, २२ असार– कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध कारबाहीको माग गर्दै उजुरी परेको छ । पार्टी अनुशासन आयोगमा ११ कन्द्रीय सदस्य, एक प्रदेश सभापति र ७ जिल्ला सभापतिसहित २ हजार १ सय जनामाथि कारबाहीको माग गरेर उजुरी परेको हो सानेपामा जारी पार्टी केन्द्रीय समिति बैठकमा...

गठबन्धन सरकारमा बस्न गाह्रो छः प्रकाशशरण महत

२०८२ असार २२ गते १५:५९

काठमाण्डू, २२ असार– कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धन सरकारमा बस्नु सकसपूर्ण रहेको बताएका छन् । सानेपामा जारी पार्टी केन्द्रीय समिति बैठकमा आइतबार धारणा राख्दै उनले गठबन्धन सरकारमा बस्दा वा नबस्दा दुवै अवस्थामा गाह्रो हुने बताए । कम्तिमा राज्यमा पार्टीको ५० प्रतिशत प्रभाव कायम राख्न...

काँग्रेस प्रमुख सचेतक घिमिरे र माओवादीकी रेखा शर्माबीच भनाभन

२०८२ असार २२ गते १५:४९

काठमाण्डू, २२ असार– संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा काँग्रेस मुख्य सचेतक श्याम घिमिरे र माओवादी सांसद एवं पूर्वमन्त्री रेखा शर्माबीच बाझाबाझ भएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा उनीहरुबीभ भनाभन भएको हो । बैठकमा समितिबाट विद्यालय शिक्षा विधेयकको मस्यौदा पारित गर्ने कार्यसूची...

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने

२०८२ असार २२ गते १४:४१

काठमाण्डू, २२ असार– प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओलीले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुख देवराज घिमिरेलाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको...

बिरामीको बहानामा रिहा भए काठमाण्डू भ्यू टावरका ठेकेदार भेटवाल

२०८२ असार २२ गते १४:२८

काठमाण्डू, २२ असार– पुरानो बसपार्कमा निर्माणाधीन विवादास्पद काठमाण्डू भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल रिहा भएका छन् । १० करोड रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा उनी गत १३ असारमा पक्राउ परेका थिए । जिल्ला अदालत काठमाण्डूले थुनामा राखेर अनुसन्धान अघि बढाउन म्याद थप नगरेपछि भेटवाल...

चिनेकालाई योग्य भए पनि भोट नदिने, नचिनेकालाई जस्तो भए पनि भोट हाल्ने मनोविज्ञान विकास भयोः रिजाल

२०८२ असार २२ गते १४:१८

काठमाण्डू, २२ असार– काँग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले मतदाताको मनोविज्ञान खल्बलिएको बताएका छन् । सानेपामा जारी काँग्रेस केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै उनले ०८४ को निर्वाचनमा नसोचेको परिणाम आउन सक्ने बताए । उनले मतदातामा चिनेका अनुहारप्रति वितृष्णा बढेको स्वीकार गरे ।...

बालेनलाई काठमाण्डुका प्रशासकीय अधिकृतको जवाफः तपाईंले मलाई तँ भ्रष्टाचारी होस् भन्दैमा हुन्छ ?

२०८२ असार २२ गते १४:१०

काठमाण्डू, २२ असार– काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मेयर बालेन्द्र साह (बालेन) ले आफूमाथि लगाएको भ्रष्टाचारको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काठमाण्डू टावरको नक्सा पास गर्ने क्रममा आफूले भ्रष्टाचार नगरेको बताए । मेयर साहले गुरागाईंले भ्रष्टाचार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us