काठमाण्डू, २१ असार– निजामती सेवा विधेयकको कुलिङ पिरियड प्रकरणमा देखिएको जालझेलबारे छानबिन गर्न सात सदस्यीय विशेष समिति गठन भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो । कुलिङ पिरियडसम्बन्धी प्रावधान विधेयक...
काठमाण्डू, २१ असार– नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शनिबार बसेको सो पार्टी संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । नागिरक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलको नेता...
काठमाण्डू, २१ असार– बागमती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वसहकारीमन्त्री डम्बर तामाङविरुद्ध आपराधिक विश्वासघातको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । नेपाल विद्युत् प्राधिकरणको ठेक्का प्रकरणमा तामाङसहित ६ जनाविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला अदालतले गत वर्षको ५ फागुनमै पक्राउ...
काठमाण्डू, २१ असार– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा आर्थिक समृद्धि हासिल गर्न पर्यटन क्षेत्रलाई मुख्य आधारको रूपमा अगाडि सार्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित ‘पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धी’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि धेरै विकल्पमध्ये पर्यटन शक्तिशाली...
काठमाण्डू, २१ असार– काँग्रेस महामन्त्री गगनकुमार थापाले देशमा कुनै खतराको संकेत नआएको बताएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा थापाले देशमा खतरा उत्पन्न हुन लागेको भन्ने कुरा नपत्याउन आग्रह गरे । मुलुकमा गर्नुपर्ने र हुनुपर्ने जति नभएको स्वीकार गर्दै उनले केही राम्रो नभएको भन्ने...
काठमाण्डू, २१ असार– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न कम्युनिष्ट घटकका नेताहरुसँग बैठक राखेका छन् । माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका कार्यबाहक...
काठमाण्डू, २१ असार– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवाहरुलाई महत्वपूर्ण स्थान दिने बताएका छन् । केन्द्रीय मुख्यालय कोटेश्वर पेरिसडाँडामा पर्सा–काठमाण्डू सम्पर्क समन्वय समितिद्वारा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले युवाहरुलाई साथमा लिएर अघि बढ्ने योजना सुनाए । माओवादीले क्रान्तिको झण्डा उठाउँदा युवाहरू...
काठमाण्डू, २१ असार– एमालेले धरानका मेयर हर्क साम्पाङ राईसँग निकट सम्बन्ध राखेको भन्दै धरान उपमहानगरपालिका–४ का वडाअध्यक्ष धनबहादुर राईलाई बर्खास्तीको सिफारिस गरेको छ । वडाध्यक्ष राईमाथि मेयर राईले चलाएको श्रमदानमा सहभागी भएको अभियोग लगाएर एमाले धरान नगरकमिटीले बर्खास्तीका लागि माथिल्लो कमिटीमा सिफारिस गरेको हो...
जनकपुर,२१ असार- कांग्रेस विमलेन्द्र निधीले स्थानीय तहमा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले नेपाली कांग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा...
काठमाण्डू, २१ असार– प्रधानमन्त्री ओलीले नेपालमा विदेशी लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको बताएका छन् । मलेसिया–नेपाल बिजनेस काउन्सिलका प्रतिनिधिमण्डलसँग शनिबार सरकारी निवास बालुवाटारमा भएको भेटमा ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसर रहेको बताए । पर्याप्त विदेशी लगानी नआएसम्म नेपालको समृद्धिको यात्रा...
काठमाण्डू, २१ असार– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठ क्याथे प्यासिफिकको जहाजमार्फत शुक्रबार राति अमेरिका प्रस्थान गरेका हुन् । श्रेष्ठको अमेरिका भ्रमणबारे उनको सचिवालय र माओवादी केन्द्रले केही बताएको छैन ।...
काभ्रे, २१ असार– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाण्डू जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो।...