समाचार

धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौ, निर्वाचन प्रणाली फेरौंः शशांक

२०८२ असार २२ गते १३:५०

काठमाण्डू, २२ असार– कांग्रेस नेता डा.शशांक कोइरालाले संविधानमा भएको धर्म निरपेक्षताको प्रावधान हटाएर त्यसको ठाउँमा धार्मिक स्वतन्त्रता राख्नुपर्ने बताएका छन् । जारी काँग्रेस केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै उनले धार्मिक स्वतन्त्रताको पक्षमा काँग्रेस उभिनुपर्ने प्रस्ताव राखेका हुन् । संविधान संशोधन गर्दा धर्मनिरपेक्षता...

प्रचण्ड रास्वपालाई साथ लिएर सरकार ढाल्न हिंडेका छन्ः रघुवीर महासेठ

२०८२ असार २२ गते १२:४५

जनकपुर, २२ असार–एमाले सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाएका छन् । आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रियसँगै अन्तर्राष्ट्रिय शक्तिहरू लागिरहेको र त्यसको नेतृत्व प्रचण्डले गरेको आरोप लगाएका...

हुम्लाबाट चीन र भारतलाई जोड्छौंः प्रधानमन्त्री ओली

२०८२ असार २२ गते १२:४२

काठमाण्डू, २२ असार–प्रधानमन्त्री केपी ओलीले नेपाललाई हुम्लामार्फत दुई छिमेकी चीन र भारतसँग जोड्ने बताएका छन् । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा नवनिर्मित बेली ब्रिज उद्घाटन गर्न त्यसतर्फ जाँदै गरेका उनले यस्तो बताएका हुन् । ‘हुम्ला जाने कुरा बताइरहनु पर्ने त होइन, तर...

सबै निजीकरण गर्दै जाने हो भने सिंहदरबार पनि विदेशीलाई सञ्चालन गर्न दिने दिन आउँछः सांसद सुवाल

२०८२ असार २२ गते १२:२९

काठमाण्डू, २२ असार– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्कासन वा बिक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउन माग गरेका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१...

सेप्टिक ट्याङ्कीमा खसेर महिलाको मृत्यु

२०८२ असार २२ गते १२:२६

चितवन, २२ असार– सेप्टिक ट्याङ्कीमा खसेर चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक छन् । घर नजिकै रहेको रिङले बनाएको सेप्टिक ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...

आज आषाढ शुक्ल एकादशी, तुलसीको बिरुवा मोठमा सारिंदै

२०८२ असार २२ गते ९:०३

काठमाण्डू, २२ असार–प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको...

पुल भाँचिएको ठाउँमा ह्युमपाइप राखेर खुलाइयो नाला–भक्तपुर सडक

२०८२ असार २२ गते ९:००

काभ्रे, २२ असार– अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा आएको छ । काभ्रेको बनेपा नगरपालिका–४ र १ को बीचमा रहेको पुल शुक्रबार रातिको बाढीले भाँचिएपछि पूर्वक्षेत्रलाई काठमाण्डू उपत्यकासँग जोड्ने वैकल्पिक राजमाग अवरुद्ध भएको थियो । भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि यातायात सञ्चालन...

इलन मस्कद्वारा ‘अमेरिका पार्टी’ घोषणा

२०८२ असार २२ गते ८:५६

एजेन्सी– विश्वका धनी इलन मस्कले नयाँ पार्टी घोषणा गरेका छन् । मस्कले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म एक्समार्फत ‘अमेरिका पार्टी’ गठन भएको घोषणा गरेका हुन् । ‘तपाईंहरूको स्वतन्त्रता फिर्ता गर्नका लागि अमेरिका पार्टी गठन गरेका छौं’, अमेरिकीहरुलाई सम्बोधन गर्दै मस्कले लेखेका छन्, ‘हाम्रो दल तपाईंहरूको...

ज्वाईंद्वारा ससुरालीका चार जनाको सामूहिक हत्या

२०८२ असार २२ गते ८:३४

भोजपुर, २२ असार–भोजपुरमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ । रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै परिवारका चार जनाको हत्या भएको भोजपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु छोरी...

ओलीमाथि शेखरको प्रश्नः तपाईं र मन्त्रीहरुलाई विदेश सयर गर्न पैसा हुने, उखु किसानलाई दिन नहुने ?

२०८२ असार २१ गते २२:३१

काठमाण्डू, २१ असार– कांग्रेस नेता शेखर कोइरालाले विगत लामो समयदेखि उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकामा सरकारप्रति रोष प्रकट गरेका छन् । स्व.गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले किसानप्रति सरकारको दृष्टिकोण खराब रहेको बताए । सरकारले उखु किसानलाई...

५२ भाइको नियुक्ति सदर भएकामा प्रधानन्यायाधीशकै असन्तुष्टिः देशमा निष्पक्ष र इमान्दार ढंगले काम गर्ने वातावरण छैन

२०८२ असार २१ गते २२:२२

काठमाण्डू, २१ असार– सर्वोच्च अदालतको पछिल्लो संवैधानिक निर्णयपछि उत्पन्न बहसबीच प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक मर्यादा, जिम्मेवारी र असहज वातावरणमा काम गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा निष्पक्ष र इमान्दार ढंगले काम गर्न खोज्दा जताततै प्रतिकूलता,...

मलाई ज्ञानेन्द्रले सरकारबाट र गिरिजाले पार्टीबाट निकालेका थिएः देउवा

२०८२ असार २१ गते २२:०६

काठमाण्डू, २१ असार– कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै बेला आफूले गिरिजाप्रसाद कोइराला र ज्ञानेन्द्र शाहलाई एउटै भनेको बताएका छन् । शनिबार स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा काठमाण्डूमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीबाट निकालेका कारण कोइराला र प्रधानमन्त्रीबाट निकालेका कारण ज्ञानेन्द्र एउटै हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us