
चितवन, २२ असार– सेप्टिक ट्याङ्कीमा खसेर चितवनमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक छन् ।
घर नजिकै रहेको रिङले बनाएको सेप्टिक ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।