समाचार

अहिलेसम्म भेटिएनन् अनामनगरबाट हराएका अछामका कुँवर

२०८२ असार २३ गते १३:१७

काठमाण्डू, २३ असार– काठमाण्डूको अनामनगरबाट बेपत्ता भएका अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाण्डू महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुँवर हराएको पाँच दिन भइसक्दा समेत भेटिएका छैनन् । यही असार १७ गते बिहिबार महानगरपालिका–२९ अनामनगरस्थित डेराबाट ‘मर्निङवाक’का लागि निस्किएका कुँवरबारे अहिलेसम्म पत्ता...

सिन्धुलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८२ असार २३ गते १२:५५

काठमाण्डू, २३ असार– सिन्धुलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–२९ घर भई कमलामाई नगरपालिका–६ मा डेरा गरी बस्ने रितेश जोन्छे रहेको प्रहरीले जानकारी दिएको छ । कमलामाई नगरपालिका–७ फिटिङ पुल नजिक स्कुटर दुर्घटना हुँदा जोन्छे मृत्यु भएको...

डेढ घण्टा पर सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

२०८२ असार २३ गते १२:५४

काठमाण्डू, २३ असार– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसको केन्द्रीय समिति डेढ घण्टा पर सरेको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । १६ असारदेखि सुरु भएको बैठकमा केन्द्रीय...

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी

२०८२ असार २३ गते १२:३०

काठमाण्डू, २३ असार– आज (सोमबार) प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक केहि बेर अधि सुरु भएको हो । बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको...

माओवादी सांसदद्वारा संसदीय सुनुवाइ समिति बैठक बहिस्कार

२०८२ असार २३ गते १२:१९

काठमाण्डू, २३ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरुले आज सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठक स्थगित गरेका छन । सर्वोच्च अदालतमा सिफारिस तीन न्यायाधीश र न्याय परिषद् सदस्यको अनुमोदन गर्न बसेको संसदीय सुनुवाइ समिति बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का...

झलनाथ खनाल चीन प्रस्थान

२०८२ असार २३ गते १२:११

काठमाण्डू, २३ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा पाँच दिने चीन भ्रमणमा निस्केका छन् । चीनमा हुने ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुन खनाल गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालय स्रोतले जानकारी...

निर्मल निवास पुगेर राजेन्द्र लिङ्देनले दिए पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना

२०८२ असार २३ गते ११:५०

काठमाण्डू, २३ असार– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्मल निवासमा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७९ औँ जन्मोत्सवको शुभकामना दिएका छन् । आज (सोमबार) बिहान निर्मल निवासमा पुगेर लिङ्देनले पूर्वराजालाई शुभकामना दिएका हुन् । यस्तै पूर्वराजालाई राप्रपाका अन्य नेता तथा कार्यकर्ताले पनि शुभकामना दिएका छन् ।...

डाक्टरको आन्दोलन, अलपत्र बिरामी

२०८२ असार २३ गते ११:४३

काठमाण्डू, २३ असार– नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु मारमा परेका छन । स्वास्थ्य परीक्षणका लागि बिहान अस्पतालमा पुगेका बिरामी र तिनका आफन्तहरु ओपीडी टिकट नपाएपछि बिरामीहरु मारमा परेका हुन । नेपालको जेठो बीर अस्पताल लगायतका अस्पतालहरुमा बिरामीहरु अन्यौलग्रस्त...

काम सन्तोषजनक नभए पछि कालोसूचीमा परे यी ४ कम्पनी ?

२०८२ असार २३ गते ११:३७

काठमाण्डू, २३ असार– काम सन्तोषजनक नभएपछि चार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गरेर दिएको जानकारी अनुसार लुना खरेल मुख्य व्यक्ति भएको काठमाण्डूको ग्रीन लिफ प्रालि, राधेश्याम झा मुख्य व्यक्ति भएको धनुषाको शिवम् कन्स्ट्रक्सन, रघुनाथ कुमार ठाकुर...

संयमित भई काठमाण्डू महानगरको बजेट ल्याउने प्रक्रियामा सहभागी हुन उपमेयर डंगोलको अपिल

२०८२ असार २३ गते ११:३२

काठमाण्डू, २३ असार– काठमाण्डू महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई आग्रह गरेकी छन । उपमेयर डंगोलले आज एक सन्देश सार्वजनिक गर्दै यस्तो आग्रह गरेकी हुन । उनले आज सार्वजिनक गरेको सन्देशमा लेखिएको छ, ‘वातावरण बिगार्ने होइन सम्हालेर,...

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै

२०८२ असार २३ गते ११:२२

काठमाण्डू, २३ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) बस्ने प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै छन । स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्क्री...

खार्पुनाथको नयाँ पुलमाथि रिबन काट्दै ओलीले भनेः कर्णाली करिडोरलाई चीन र भारतको व्यापारिक मार्ग बनाउँछौं

२०८२ असार २२ गते २२:२०

काठमाण्डू, २२ असार– प्रधानमन्त्री केपी ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा विकास गरिने बताएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा नवनिर्मित पुल (बेलिब्रिज) को आइतबार उद्घाुटन गर्दै ओलीले त्यस्तो बताएका हुन् । कर्णाली करिडोर कर्णाली र हुम्लाबासीको मात्र नभई दुई छिमेकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us