
काठमाण्डू, २३ असार– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्मल निवासमा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७९ औँ जन्मोत्सवको शुभकामना दिएका छन् । आज (सोमबार) बिहान निर्मल निवासमा पुगेर लिङ्देनले पूर्वराजालाई शुभकामना दिएका हुन् ।
यस्तै पूर्वराजालाई राप्रपाका अन्य नेता तथा कार्यकर्ताले पनि शुभकामना दिएका छन् । उनको जन्मोत्सवका अवसरमा शुभकामना दिन भन्दै सोमबार निर्मल निवास खुला गरिएको छ ।