समाचार

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना

२०८२ असार २४ गते ७:३९

काठमाण्डू, २४ असार– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही...

बाढीले नेपाल-चीन जोड्ने रसुवागढीको मितेरी पुल बगायो, मानिसहरु पनि बगेको आशंका

२०८२ असार २४ गते ७:३४

रसुवा, २४ असार– नेपाललाई चीनसँग जोड्ने रसुवागढीस्थित मितेरी पुल बाढीले बगाएको छ । भारी वर्षासँग भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएको हो । बाढीले पुल बगाएसँगै चीनसँगको अन्तर्राष्ट्रिय व्पापारिक मार्ग बन्द भएको छ । बाढीले रसुवा भन्सार यार्डमा राखिएका सवारी साधन पनि बगाएको छ...

सरकारसँग काँग्रेसका असन्तुष्टि नै असन्तुष्टि, केपी ओलीसँग राख्यो ९ बुँदे माग

२०८२ असार २४ गते ७:१९

काठमाण्डू, २४ असार– प्रमुख सत्ता घटक कांग्रेसले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ । सोमबार सकिएको काँग्रेस केन्द्रीय समिति बैठकले सरकारको काम प्रभावकारी नभएको निस्कर्ष निकालेको हो । बैठकले जनसरोकारका विविध ९ वटा बुँदामा सरकारले गर्नुपर्ने कामको सूची सार्वजनिक गरेको छ । सरकारको स्थायित्वका लागि...

विश्वप्रकाशले छैठौंपटक प्रधानमन्त्री नबन्न सुझाएपछि रिसाए देउवा, आफू धेरै अप्ठ्यारो मानिस भएको चेतावनी

२०८२ असार २३ गते २१:१५

काठमाण्डू, २३ असार– कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन संसदको यो कार्यकालभर चल्ने बताएका छन् । पार्टी केन्द्रीय समिति बैठक समापनका क्रममा सोमबार पदाधिकारी र सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै देउवाले काँग्रेस र एमालेको गठबन्धन पूरै समय टिक्ने बताएका हुन् । बैठकमा बोल्ने...

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्य नियुक्त

२०८२ असार २३ गते १८:११

काठमाण्डू, २३ असार– वरिष्ठ अधिवक्ता महेश कुमार नेपाल न्याय परिषद् सदस्यमा नियुक्त भएका छन । आज (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई न्याय परिषद् सदस्य नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । नेपालको संविधानको धारा १५३ को उपधारा ९१० को खण्ड...

सरकार लोकप्रिय बन्न सकेन, गम्भीर समीक्षा गर्नुपर्छः विश्वप्रकाश शर्मा

२०८२ असार २३ गते १७:५१

काठमाण्डू, २३ असार– सत्ताको प्रमुख घटकदल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी समेत सहभागी सरकार अपेक्षित रूपमा लोकप्रिय बनाउन नसकिएको दाबी गरेका छन । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आज (सोमबार) धारणा राख्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले सरकारले केही...

विद्यालाई नारायणकाजीले भेटेकोबारे माओवादी पार्टीलाई जानकारी छैन, एमालेसँग एकता सम्भव छैनः माओवादी

२०८२ असार २३ गते १७:४६

काठमाण्डू, २३ असार– नेकपा माओवादी केन्द्रले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी नभएको माओवादी केन्द्रले प्रष्ट पारेको छ । माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै पार्टीले वाम एकताका लागि एमाले कुनै प्रस्ताव...

माओवादीकी सांसदको ‘किस भिडिओ’ सेयर गर्दा राप्रपा युवा पक्राउ

२०८२ असार २३ गते १७:४१

काठमाण्डू, २३ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद छिरिङल्यामु लामाको चरित्र हत्या गरेको आरोपमा राप्रपाका एक युवा पक्राउ परेका छन् । अदालतले उनलाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ । सांसद लामाको उजुरीमा राप्रपानिकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य रमेशबहादुर...

युनुस अन्सारीलाई १५ लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाण्डूको आदेश

२०८२ असार २३ गते १७:३५

काठमाण्डू, २३ असार– जिल्ला अदालत काठमाण्डूले युनुस अन्सारीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । नक्कली नोट कारोबारको आरोपमा छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत, काठमाण्डूका न्यायाधीश बलराम लम्सालको...

राम नेपालमै जन्मिएका हुन् भन्न डराउनुपर्दैनः प्रधानमन्त्री ओली

२०८२ असार २३ गते १७:२८

काठमाण्डू, २३ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने बताएका छन । आज (सोमबार) काठमाण्डूमा नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटनस् अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले...

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

२०८२ असार २३ गते १७:२३

काठमाण्डू, २३ असार– सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन । आज (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा तीन न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराई जानकारी दिएकी छन । न्यायाधीश नियुक्त हुनेहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत...

वेदव्यास, कपिलमुनी, गौतम बुद्ध नेपालमै जन्मिएका हुनः प्रधानमन्त्री ओली

२०८२ असार २३ गते १७:१५

काठमाण्डू, २३ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन् । आज (सोमबार) नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले शिवजीले खेलेका ओडारहरूलाई अहिले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us