समाचार

रसुवा बाढीः यस्तो छ बेपत्ता भएका १८ जनाको नामावली

२०८२ असार २४ गते १२:३४

काठमाण्डू, २४ असार– नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएको खुलेको छ । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन । बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका...

प्रधानमन्त्री ओलीद्वारा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित, उद्धारमा केन्द्रित

२०८२ असार २४ गते १२:२२

काठमाण्डू, २४ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको जानकारी दिएका छन् । अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे रिपोर्टिङ...

पूर्णबहादुर र गृहमन्त्रीलाई लिएर बालुवाटार पुगे देउवा

२०८२ असार २४ गते १२:१८

काठमाण्डू, २४ असार– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न केही बेरअघि बालुवाटार छिरेका हुन् । देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी...

रसुवामा हिमताल फुटेर बाढी आएको आशंका

२०८२ असार २४ गते १२:१४

काठमाण्डू, २४ असार– रसुवाको टिमुरे क्षेत्रमा हिमताल फुटेका कारण बाढी आएको अनुमान गरीएको छ । जल तथा मौसम विभागले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक रुपमा चिनियाँ क्षेत्रमा वर्षाकै कारण बाढी आएको नदेखिएको जनाएको छ ।विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक रुपमा...

कार्यकर्तालाई प्रचण्डको निर्देशनः तत्काल भोटोकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिनु

२०८२ असार २४ गते ११:१५

काठमाण्डू, २४ असार- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी बाढीले उत्पन्न संकटको घडीमा पार्टीका सम्पूर्ण तहका नेता–कार्यकर्तालाई तत्काल उद्धार तथा राहत कार्यमा सक्रिय हुन निर्देशन दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् अपिल जारी गर्दै मानवीय संवेदना र जिम्मेवारीका साथ संकट सामना गर्न पार्टी...

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

२०८२ असार २४ गते ११:०४

जनकपुर, २४ असार- जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । नुहाउने क्रममा मंगलबार बिहान उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक...

धादिङको गल्छी नजिकै त्रिशूली नदीमा भेटियो दुई जनाको शव

२०८२ असार २४ गते १०:३७

काठमाण्डू, २४ असार– त्रिशूली नदीमा बाढीले बगाएर ल्याएका दुई जनाको शव फेला परेको छ । धादिङको गल्छी गाउँपालिका-२ केउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुमा दुई जनाको शव फेला परेको हो । धादिङ प्रहरीका सूचना अधिकारी डिएसपी सुवास हमालले शवको पहिचान खुल्न बाँकी रहेको बताए ।...

भोटेकोशी बाढीः राहत र उद्धारमा सक्रिय हुन काँग्रेसको सरकारसँग माग

२०८२ असार २४ गते १०:३३

काठमाण्डू, २४ असार– काँग्रेसले भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार र राहतमा सक्रिय हुन सरकारको ध्यानकर्षण गराएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारसँग तत्काल उद्धार तथा राहत कार्यलाई...

रसुवामा बाढीमा परी ३ प्रहरीसहित १८ बेपत्ता

२०८२ असार २४ गते १०:२१

रसुवा, २४ असार– भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी क्षेत्रमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली र ८ चिनियाँ नागरिक छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बेपत्ता हुनेमा ९ नेपालीमध्ये तीन जना प्रहरी रहेको बताए । उद्धारमा सेना,...

त्रिशूलीमा बाढीमा फसेका दम्पत्तिकै हेलिकोप्टरबाट उद्धार

२०८२ असार २४ गते १०:०९

नुवाकोट, २४ असार– बाढीका कारण त्रिशूली नदीमा फसेका दम्पत्तिको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । त्रिशूली बजार नजिके नदी बीचमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको हो । राति एक्कासि बाढी आएपछि उनीहरु रुखमा चढेर बसेका थिए । सैनिक प्रवक्ता सहायक रथी राजाराम...

भोटेकोशी बाढीः त्रिशूली करिडोरमा हाइड्रो पावरबाट २ सय मेगावाट विद्युत उत्पादन बन्द

२०८२ असार २४ गते १०:०२

काठमाण्डू, २४ असार– त्रिशूली नदीमा आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका विभिन्न जलविद्युत आयोजनाहरू प्रभावित भएका छन् । बाढीले कुल २०० मेगावाट बराबरको विद्युत उत्पादन पूर्ण रूपमा रोकिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यका अनुसार सबैभन्दा ठूलो क्षति रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमताको...

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना

२०८२ असार २४ गते ७:३९

काठमाण्डू, २४ असार– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us