समाचार

रसुवातर्फ उड्यो प्रधानमन्त्रीसहितको सरकारी टोली

२०८२ असार २४ गते १५:३०

काठमाण्डू, २४ असार– सोमबार राति चीनतर्फबाट आएको अकस्मातको बाढीका कारण जनधनको क्षति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी टोली घटनास्थतर्फ प्रस्थान गरेको छ । नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहितको टोली मंगलबार अपराह्न रसुवागढीतर्फ प्रस्थान गरेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ । टोलीमा गृहमन्त्री...

नाउपाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

२०८२ असार २४ गते १५:२१

काठमाण्डू, २४ असार– नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंह छिन् । आज (मंगलबार) बसेको प्रदेश सभा बैठकमै उनले बजेटमा बिचिया हाबी भएको बताउँदै प्रमाण आफूसँग रहेको दाबी गरिन् ।...

प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

२०८२ असार २४ गते १५:११

काठमाण्डू, २४ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न त्यसतर्फ जाने भएका छन् । सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल जाने तयारी भएको...

डेढ करोड रकमसहित बौद्धबाट एक चिनियाँ पक्राउ

२०८२ असार २४ गते १५:०४

काठमाण्डू, २४ असार– प्रहरीले काठमाण्डूको बौद्धको नयाँबस्तीबाट एक करोड ४४ लाख रुपैयाँ रकमसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले नयाँबस्तीबाट स्रोत नखुलेको आर्थिक...

टेलिकमकी निलम्बित एमडी पहाडीको विशेष अदालतमा बयान

२०८२ असार २४ गते १४:१४

काठमाण्डू, २४ असार– नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडी विशेष अदालतमा उपस्थित भएकी छन । टेलिकमको बिलिङ ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले उनी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा अहिले...

व्यवसायी सिद्धिबहादुर राय ठगी आरोपमा पक्राउ

२०८२ असार २४ गते १४:०९

काठमाण्डू, २४ असार– प्रहरीले सर्लाहीमा व्यवसाय गर्ने सिद्धिबहादुर राय क्षेत्रीलाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–११ घर भएका ४३ वर्षीय रायलाई काठमाडौँको फर्पिङबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले जानकारी दिएका छन । ‘बागमती साइन्ड प्रोसेसिङ प्लान्ट प्रालि’ का सञ्चालक...

प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग

२०८२ असार २४ गते १४:०६

काठमाण्डू, २४ असार– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणको बहानामा गएर केही व्यक्ति नफर्किएको भन्ने विषय सदनमा उठाएकी छन् । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सांसद गौतमले यस्तो बताएकी हुन । उनले...

चिकित्सक माइतीघरमा विरोधमा व्यस्त, अस्पतालमा बिरामी अलपत्र

२०८२ असार २४ गते १४:०१

काठमाण्डू, २४ असार– हिजो (सोमबार) देखि आन्दोलनमा उत्रिएका चिकित्सकहरूका कारण बिरामीहरू अस्पतालमा अलपत्र परेका छन् । यता चिकित्सकहरू भने माइतीघरमा आन्दोलनमा छन । अति संवेदनशील र आपत्कालीन सेवा अन्तर्गत पर्ने अस्पतालको आकस्मिक एवं सघन उपचार( आईसीयू) बाहेकका सेवा बहिष्कार गरेर चिकित्सकहरू मंगलबार पनि आन्दोलनमा...

रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

२०८२ असार २४ गते १३:५५

काठमाण्डू, २४ असार– आज (मंगलबार) बिहान चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२ः ५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ ।...

रास्वपा र राप्रपाद्धारा आज पनि प्रतिनिधि सभाको बैठक बहिष्कार

२०८२ असार २४ गते १३:५३

काठमाण्डू, २४ असार– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद्मा अवरोध गर्दै आएको छ...

रसुवा बाढीः यस्तो छ बेपत्ता भएका १८ जनाको नामावली

२०८२ असार २४ गते १२:३४

काठमाण्डू, २४ असार– नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएको खुलेको छ । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन । बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका...

प्रधानमन्त्री ओलीद्वारा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित, उद्धारमा केन्द्रित

२०८२ असार २४ गते १२:२२

काठमाण्डू, २४ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको जानकारी दिएका छन् । अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे रिपोर्टिङ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us