समाचार

काठमाण्डूमा गाडी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

२०८२ असार २५ गते ६:५२

काठमाण्डू, २५ असार– काठमाण्डूमा गाडी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–१ का स्कुटर चालक सोनाम योञ्जन छन् । दुर्घटनामा गम्भीर घाइते भएका योञ्जनलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । बाप्र०१–००२ज७३७८ नम्बरको...

सरकार र डाक्टरहरुबीच तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगन

२०८२ असार २४ गते २१:५८

काठमाण्डू, २४ असार–सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र कानूनमन्त्री अजय चौरसिया तथा चिकित्सक संघका प्रतिनिधिबीच मंगलबार साँझ स्वास्थ्य मन्त्रालयमा वार्तामा तीन बुँदे सहमति भएको हो । सहमतिसँगै संघले पूर्वघोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ...

मोटरसाइकलमा पहिरो खस्दा श्रीमानको मृत्यु, श्रीमती घाइते

२०८२ असार २४ गते २१:४७

पाल्पा, २४ असार– सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सडक माथिबाट पहिरो खस्दा दुर्घटना भएको प्रहरी चौकी दोभानका प्रहरी नायब निरीक्षक (सई) रूम केसीले बताए । केसीका अनुसार मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका–६ तालपोखराका ३६...

रसुवाबाट बाढीमा बगेका प्रहरी असईको शव चितवनमा भेटियो

२०८२ असार २४ गते २१:३७

काठमाण्डू, २४ असार– भोटेकोशी नदीमा सोमबार राति आएको बिनासकारी बाढीपछि बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनमा भेटिएको छ । श्रेष्ठको शव भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो । प्रहरी चौकी हाकुमा दरबन्दी रहेका श्रेष्ठ इलाका प्रहरी कार्यालय...

टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडी दुई लाख धरौटीमा रिहा

२०८२ असार २४ गते २१:२५

काठमाण्डू, २४ असार– नेपाल टेलिकमको बिलिङ प्रणाली सुधारका नाममा भएको व्यापक अनियमितता प्रकरणमा संलग्न रहेको आरोपमा भ्रष्टाचा मुद्धा खेपिरहेकी निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई विशेष अदालतले दुई लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर...

रामकुमारी झाँक्रीलाई सात दिनभित्र आत्मालोचना गर्न निर्देशन

२०८२ असार २४ गते २१:१२

काठमाण्डू, २४ असार– नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना पेश गर्न निर्देशन दिएको छ । मंगलबार सम्पन्न सचिवालय बैठकले उनको पछिल्लो सार्वजनिक अभिव्यक्तिले पार्टी अनुशासन र संगठनको छविमा नकारात्मक असर पारेको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिने निर्णय गरेको...

भोटेकोशी बाढीपछि फसेका १ सय ५० जनाको उद्धारमा गएको सैनिक हेलिकोप्टर चीनले जबर्जस्ती रोक्यो

२०८२ असार २४ गते २०:५६

काठमाण्डू, २४ असार– रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा फसेकाहरुको उद्धारमा गएको नेपाली सेनाको हेलिकोप्टर चीनले जबर्जस्ती आफ्नो भूमिमा ल्याण्ड गराएको छ । अनुमतिबिना आफ्नो भूमिमा प्रवेश गरेको भन्दै उद्धारमा गएको सैनिक हेलिकोप्टर चीनले ‘फोर्स ल्याण्डिङ’ गराएको हो । बाढीका कारण सीमावर्ती चिनियाँ क्षेत्रमा...

रसुवा बाढीको बितण्डा हेरेर काठमाण्डू फर्किए प्रधानमन्त्री ओली

२०८२ असार २४ गते १९:५४

काठमाण्डू, २४ असार– प्रधानमन्त्री केपी ओलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमा गएका ओलीले मंगलबार रसुवा र नुवाकोटका बाढीग्रस्त क्षेत्रको अवलोकन गरी साँझ राजधानी फर्किएका छन् । प्रधानमन्त्री ओलीले जनप्रतिनिधि, प्रभावित स्थानीय र स्थानीय प्रशानसका...

आज राति भोटेकोशी र सुनकोशीमा बढी वर्षाको सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

२०८२ असार २४ गते १९:३०

काठमाण्डू, २४ असार– आज (मंगलबार) राति भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा बढी वर्षको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कता अपनाउन अपिल गरेको छ । मंगलबार एक सूचना जारी गर्दै नदी आसपास क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउ देखि लिपिङ)...

रामहरि खतिवडाको घोषणाः छानबिन समितिले बयान नलिँदासम्म समितिमा पनि नजाने, गाडी पनि नचढ्ने

२०८२ असार २४ गते १८:०६

काठमाण्डू, २४ असार– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’ ले समितिबाट निर्णय उतारसहितका कागजात नलैजाँदासम्म आफू समितिमा नजाने घोषणा गरेका छन । खतिवडाले समिति सभापतिको हैसियतमा...

पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन

२०८२ असार २४ गते १७:३२

काठमाण्डू, २४ असार– पूर्व मन्त्री एवं कांग्रेस नेता अच्युतराज रेग्मीको निधन भएको छ । रेग्मीको ९३ वर्षको उमेरमा सोमबार अष्ट्रेलियामा उपचारका क्रममा निधन भएको उनको परिवारिक स्रोतले जानकारी दिएको छ । उनी ०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसका तर्फबाट पाल्पा–३ पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

पार्टीको महाधिवेशन र मन्त्री फिर्ताबारे बैठकमा छलफल भएको छैनः कांग्रेस प्रवक्ता महत

२०८२ असार २४ गते १७:१८

काठमाण्डू, २४ असार– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशनबारे केही पनि निर्णय नभएको बताएका छन । उनले पार्टीको केन्द्रीय समितिको बैठकबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन । उनले भने, ‘पार्टीको केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे कुनै पनि निर्णय भएको छैन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us