समाचार

सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद

२०८२ असार २५ गते १५:२४

काठमाण्डू, २५ असार– प्रहरीले दाङमा गोर्खा सैनिक भर्नाका लागि अभ्यास गराउने लोटर ट्रेनिङ सेन्टरको होस्टलमा बसेका एक युवकको साथबाट अवैध पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार, त्यहाँ तालिमरत् १९ वर्षीय अजय विकले अवैध हतियार र गोली लुकाएर...

रामहरि खतिवडाको प्रश्नः संसद्‌मा खसेको ड्रोन कहाँबाट आयो ?

२०८२ असार २५ गते १५:१७

काठमाण्डू, २५ असार– कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय संसद् भवन परिसरमा ड्रोन खसेको बताउँदै त्यसबारे सरकारको ध्यानकषर्ण गराएका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले गत २३ गते बेलुकी ९ देखि साढे ९ बजेको समयमा संसद् भवनको बायाँपट्टिको स्थानमा ड्रोन खसेको...

म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता

२०८२ असार २५ गते १५:११

काठमाण्डू, २५ असार– म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बालक बेपत्ता भएका छन । आज बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको छ भने उनका छोरा अन्दाजी १३ वर्षका...

रास्वपालाई गृहमन्त्रीको प्रश्नः रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?

२०८२ असार २५ गते १५:०५

काठमाण्डू, २५ असार– गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय प्रष्ट पार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदलाई आग्रह गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो प्रश्न गरेका हुन ।...

डेढ करोडसहित चिनियाँ नागरिक समातिएको घटना बोधिचित्तसँग जोडियो

२०८२ असार २५ गते १४:४२

काठमाण्डू, २५ असार– काठमाण्डू महानगरपालिका–६, बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका चिनियाँ नागरिक बोधिचित्तको माला कारोबामा पनि जोडीएको खुलेको छ । आइतबार राति १० बजेतिर चिनियाँ नागरिक वाङ जियानको डेरामा प्रहरीले छापा मारेर प्रहरीले स्रोत नखुलेको भन्दै १ करोड ४४ लाख...

सोविताको प्रश्नः मैले बोलेको कुरा जिम्मा लिन्छु, कसैले नबुझ्दैमा मेरो भनाइ हटाउनुपर्ने ?

२०८२ असार २५ गते १३:४५

काठमाण्डू, २५ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन भ्रमणमा गएका मानिसहरू फर्किएनन् भनेर आफूले नभनेको स्पष्ट पारेकी छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद गौतमले यस्तो बताएकी हुन । उनले एमालेका सांसदहरूलाई राम्रोसँग कान खोलेर...

टोखामा ईभी माइक्रो र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

२०८२ असार २५ गते १३:३७

काठमाण्डू, २५ असार– काठमाण्डूको टोखामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही हरिवन नगरपालिका–१ घर भएका २४ वर्षीय सोनाम योन्जन रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । काठमाण्डूको टोखा नगरपालिका–६ ग्रान्डीमा नजिकै मंगलबार बा.प्र ०१–००२ ज ७३७८...

आज पनि प्रतिनिधि सभाको बैठकमा रास्वपा र राप्रपाको अवरोध

२०८२ असार २५ गते १३:२९

काठमाण्डू, २५ असार– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षीदलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले विरोध जनाएका छन । आजको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदहरुले...

कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक

२०८२ असार २५ गते १३:१७

काठमाण्डू, २५ असार– सत्ताको प्रमुख घटकदल नेपाली कांग्रेसको दबाबपछि प्रतिनिधिसभाको कार्यसूचीमा रहेको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई हटाइएको छ । कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै पारित गर्न नहुने अडान राखेको थियो । विधेयकलाई संसदीय समितिमा लगेर छलफल गर्नुपर्ने कांग्रेस...

कास्कीका ग्रामीण सडकमा राति गाडी नचलाउन निर्देशन

२०८२ असार २५ गते १३:०७

काठमाण्डू, २५ असार– मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने देखेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकहरूमा सवारी साधन सञ्चालनका लागि समय निर्धारण गरेको छ । आज बुधबारदेखि लागू हुने गरी १५ दिनसम्मका समय तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।...

माल्टाको समुद्रमा डुबेर एक नेपाली युवाको मृत्यु

२०८२ असार २५ गते १२:५०

काठमाण्डू, २५ असार– वैदेशीक रोजगारीको सिलसिलामा माल्टामा रहेका एक नेपालीको समुद्रमा डुबेर मृत्यु भएको छ । नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) को समुद्रमा डुबेर मृत्यु भएको हो । स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने...

रामकुमारीको मुखमा पट्टी टाँस्न खोजेको देख्दा उदेक लागेको छः गोकुल बास्कोटा

२०८२ असार २५ गते १२:४२

काठमाण्डू, २५ असार– पूर्व मन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले झाँक्रीको मुखमा पट्टि लगाउन खोजिएकोप्रति टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले पहिला ओलीविरुद्ध व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउने भन्दा ताली ठोक्नेहरू यति छिट्टै उनको मुखमा पट्टि टाँस्न खोजिएकोमा उदेक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us