समाचार

रुपन्देही–३ मा रास्वपाले गर्‍यो उम्मेदवारका लागि आवेदन आह्वान

२०८२ असार २६ गते १३:३७

काठमाण्डू, २६ असार– रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरेको छ । पार्टीको सचिवालय बैठकले उम्मेदवार छनोट कार्यविधि स्वीकृत गर्दै केन्द्रीय समिति सदस्यहरूलाई रायका लागि पठाइएको प्रवक्ता मनीष झाले जानकारी दिएका छन् । इच्छुक व्यक्तिहरूबाट प्राप्त...

बागमती नदीमा दाउरा टिप्न गएका एक जना बालकको उद्धार, अर्का बालक बेपत्ता

२०८२ असार २६ गते १३:२३

काठमाण्डू, २६ असार– रौतहटको माधवनारायण नगरपालिका–८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन भने अर्का बालकको भने सकुशल उद्धार गरिएको छ । बिहीबार दिउँसो २ बजेतिर घर नजिकै बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका स्थानीय १३ वर्षीय सुधीर पासवान...

कैलालीमा बाढीले बगाएका २ जना महिलाको शव फेला, एक जना अझै बेपत्ता

२०८२ असार २६ गते १३:१६

काठमाण्डू, २६ असार– कैलालीमा बाढीले बगाएका दुई महिलाको शव भेटिएको छ । कान्द्रा र गोदावरी नदीमा आएको बाढीले बगाएका महिलाका शव भेटिएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ जिल्ला प्रहरी कार्यालयका अनुसार दाउरा संकलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले बगाएर बेपत्ता भएकी...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२०८२ असार २६ गते १३:१०

काठमाण्डू, २६ असार– ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा...

रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनिषा कोइराला

२०८२ असार २६ गते १२:४२

काठमाण्डू, २६ असार– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय वनस्थली पुगेकी छन् । मनिषाले वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन् । हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले...

त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघको आपत्ति

२०८२ असार २६ गते १२:३४

काठमाण्डू, २६ असार– त्रिभुवन विश्वविद्यालय (टियू)को सिनेट प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको भन्दै सत्ता घटक दल नेपाली कांग्रेस निकट नेविसंघले आपत्ति व्यक्त गरेको छ । विद्यार्थीको सहभागिताविनै सिनेट बैठक बालुवाटारमा बोलाइएको नेविसंघले जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले भनेको छ– विद्यार्थीको सहभागिता बिना...

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

२०८२ असार २६ गते ७:३७

काठमाण्डू, २६ असार– देशभर मनसुनी वायुले प्रभाव जमाउँदै लगेकाले आज कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेष गरी दिउँसो हल्कादेखि मध्यम वर्षा भइरहने अनुमान गरिएको छ भने रातिपख एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान...

मुस्ताङमा बाढीले ७ पुल बगाउँदा डेढ करोड बढीको क्षति

२०८२ असार २६ गते ७:२८

मुस्ताङ, २६ मंसिर–उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले...

वाइसिएलले दुई महिने श्रम तथा उत्पादन अभियान चलाउने

२०८२ असार २५ गते २१:१४

काठमाण्डू, २५ असार– माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले दुई महिने ‘श्रम तथा उत्पादन अभियान’ सञ्चालन गर्ने भएको छ । बुधबारको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आगामी साउन १ गतेदेखि उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिए । पार्टी अध्यक्ष पुष्पकमल दाहालले...

झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु, स्कुटर चालकका बुहारी र नाती गम्भीर घाइते

२०८२ असार २५ गते २१:१२

झापा, २५ असार– झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ । बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित भित्री सडक खण्डमा बी आर ३७ ए जेड ६४४० नम्बरको भारतीय मोटरसाइकल र विपरीत दिशामा रहेको प्र१–०१–०१६प ९२७० स्कुटर बुधबार आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ...

मानव तस्करमार्फत गएका ११ नेपालीलाई क्रोएसियाले फर्काइदियो

२०८२ असार २५ गते २०:३७

काठमाण्डू, २५ असार– युरोपेली मुलुक क्रोएसियाले मानव तस्करमार्फत कामदार भिसामा त्यहाँ पुगेका ११ नेपालीलाई फिर्ता पठाइदिएको छ । भिसामा कैफियत देखिएपछि क्रोएसियाले उनीहरूलाई विमानस्थलबाटै फर्काइदिएको हो । उनीहरु वर्किङ भिसामा गत २१ असारमा क्रोएसिया उडेका थिए । तर, त्यहाँको अध्यागमले भिसा नै शंकास्पद देखिएपछि...

२५ हजार धरौटीमा छुटे बालेनका प्रिय प्रशासकीय अधिकृत

२०८२ असार २५ गते २०:२२

काठमाण्डू, २५ असार– विशेष अदालतले काठमाण्डू महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत सह–सचिव प्रदीप परियारलाई धरौटीमा छाड्न आदेश दिएको छ । तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बुधबार परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यस्तै महानगरअन्तर्गतको बोलपत्र मूल्यांकन समितिका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us