समाचार

सर्वोच्चले माग्यो महिमानसिंह विष्टको रिट दर्ता नगर्ने आदेशको फाइल

२०८२ असार २५ गते १८:१०

काठमाण्डू, २५ असार– सर्वोच्च अदालतले निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टले पेश गरेको रिट निवेदन दर्ता नगर्ने निर्णयको फाइल झिकाउने आदेश जारी गरेको छ । न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले विष्टको रिट निवेदन दरपीठ (अस्वीकार) गर्दाको फाइल (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो ।...

मितेरी पुल पुन: सञ्चालनमा ल्याउन चीनसँग सहयोग माग्ने निर्णय

२०८२ असार २५ गते १७:१४

काठमाण्डू, २५ असार– विपद् कार्यकारी परिषद्ले रसुवाको मितेरी पुल पुनस् सञ्चालनमा ल्याउन चीनसँग आग्रह गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको परिषद्को बैठकले सो निर्णय प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले जानकारी गराए । बैठकका निर्णयबारे विपद् जोखिम तथा न्युनीकरण प्राधिकरणका कार्यकारी निर्देशक भट्टले...

रसुवा बाढीः सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै

२०८२ असार २५ गते १७:०९

काठमाण्डू, २५ असार– मंगलबार छिमेकी देश चीनको तिब्बतबाट आएको बाढीले प्रभावित बनेकाको उद्धारका लागि गएका सशस्त्र प्रहरी बलका एक जना कर्मचारी आफैं घाइते भएपछि उद्धारको प्रयास भइरहेको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–३, लिङलिङ भिरमा फसेका प्रहरी सहायक हवल्दार विशाल थापाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार...

काठमाण्डू टावरको निर्माण नरोक्न महानगरलाई उच्च अदालत पाटनको आदेश

२०८२ असार २५ गते १७:०४

काठमाण्डू, २५ असार– काठमाण्डू महानगरपालिकालाई उच्च अदालत पाटनले पुरानो बसपार्कस्थित काठमाण्डू टावरको निर्माण नरोक्न अन्तरिम आदेश गरेको छ । टावरको निर्माण रोक्ने काठमाण्डू महानगरपालिकाको निर्णय विरुद्ध स्वच्छन्द बिकोई बिल्डर्स उच्च अदालत पाटन गएको थियो । ९ माघ, २०८१ मा काठमाण्डू महानगरपालिकाले पत्र पठाई काठमाण्डू...

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री खनाल पार्टीबाट निष्कासित

२०८२ असार २५ गते १६:५८

काठमाण्डू, २५ असार– कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रदेश महामन्त्री खनाललाई कारबाही गरेको पत्र बुधबार पठाएका छन् । ढुंगानाले लुम्बिनी प्रदेश समितिलाई पत्र लेखेर कारबाहीको...

पूर्वउपरथी शाहीले फिर्ता लिए जंगी अड्डाविरुद्ध सर्वोच्चमा दिएको निवेदन

२०८२ असार २५ गते १६:५२

काठमाण्डू, २५ असार– पूर्वउपरथी प्रेम शाहीले प्रभुराम शर्मा प्रधानसेनापति भएका बेला बर्खास्त गर्न भन्दै सैनिक अदालतले गरेको आदेशविरुद्ध सर्वोच्च अदालत गएका निवेदन फिर्ता लिएका छन् । पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापानिकट रहेका शाहीले शर्माको पालामा आफूलाई बदनियपूर्वक कारबाही गरिएको जिकिर गर्दै आएका थिए । तर, शर्माले...

थापाथली पुलमुनि एक युवकको शव फेला

२०८२ असार २५ गते १५:३६

काठमाण्डू, २५ असार– काठमाण्डू महानगरपालिका–११, थापाथलीमा रहेको पुलमुनि एक जनाको शव फेला परेको छ । नजिकै रहेको सुकुमबासी बस्तीमा बस्ने मकवानपुर बकैया गाउँपालिका–३ स्थायी घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जनाएको छ ।...

सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद

२०८२ असार २५ गते १५:२४

काठमाण्डू, २५ असार– प्रहरीले दाङमा गोर्खा सैनिक भर्नाका लागि अभ्यास गराउने लोटर ट्रेनिङ सेन्टरको होस्टलमा बसेका एक युवकको साथबाट अवैध पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार, त्यहाँ तालिमरत् १९ वर्षीय अजय विकले अवैध हतियार र गोली लुकाएर...

रामहरि खतिवडाको प्रश्नः संसद्‌मा खसेको ड्रोन कहाँबाट आयो ?

२०८२ असार २५ गते १५:१७

काठमाण्डू, २५ असार– कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय संसद् भवन परिसरमा ड्रोन खसेको बताउँदै त्यसबारे सरकारको ध्यानकषर्ण गराएका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले गत २३ गते बेलुकी ९ देखि साढे ९ बजेको समयमा संसद् भवनको बायाँपट्टिको स्थानमा ड्रोन खसेको...

म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता

२०८२ असार २५ गते १५:११

काठमाण्डू, २५ असार– म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बालक बेपत्ता भएका छन । आज बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको छ भने उनका छोरा अन्दाजी १३ वर्षका...

रास्वपालाई गृहमन्त्रीको प्रश्नः रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?

२०८२ असार २५ गते १५:०५

काठमाण्डू, २५ असार– गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय प्रष्ट पार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदलाई आग्रह गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो प्रश्न गरेका हुन ।...

डेढ करोडसहित चिनियाँ नागरिक समातिएको घटना बोधिचित्तसँग जोडियो

२०८२ असार २५ गते १४:४२

काठमाण्डू, २५ असार– काठमाण्डू महानगरपालिका–६, बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका चिनियाँ नागरिक बोधिचित्तको माला कारोबामा पनि जोडीएको खुलेको छ । आइतबार राति १० बजेतिर चिनियाँ नागरिक वाङ जियानको डेरामा प्रहरीले छापा मारेर प्रहरीले स्रोत नखुलेको भन्दै १ करोड ४४ लाख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us