काठमाण्डू, २७ असार– प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका ‘संवाद सचिवालय’ प्रमुख (पिए) फणिराज पाठकसँग बयान लिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूले पाठकलाई कार्यालयमा उपस्थित हुन पत्राचार गरेको हो । ‘केही विषयमा सोधपुछ गर्न उहाँलाई बोलाइएको हो, काठमाण्डू परिसरका एसपी अपिलराज बोहराले भने, ‘उहाँसँग बुझ्ने...
काठमाण्डू, २७ असार– राष्ट्रियसभा सस्य एवं पूर्वगृहमन्त्री वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकताको सहमति भएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता गौतमद्वारा जारी संयुक्त विज्ञप्तिमा आफूहरुबीच राजनीतिक...
काठमाण्डू, २७ असार– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा। कृष्णहरि पुष्कर कर्णले वैदेशिक रोजगारलाई ‘पलायन’ भनिनु आपत्तिजनक रहेको टिप्पणी गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा पुष्करले वैदेशिक रोजगारीलाई ‘पलायन’ भन्ने भाष्य खडा गरिनु आपत्तिजनक रहेको बताए । ‘एउटा गलत न्यारेटिभ्स...
काठमाण्डू, २७ असार–एमाले सचिव योगेश भट्टराईले एमालेहरुलाई आपसमा नभिड्न अपिल गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नकै लागि सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि उत्पन्न प्रतिक्रियाहरुलाई लक्षित गर्दै भट्टराईको उक्त भनाइ आएको हो । आपसी विमर्श र सहकार्यबाटै समाधान खोजिनुपर्ने...
काठमाण्डू, २७ असोज–परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटली र जर्मनी भ्रमणबाट आज स्वदेश फर्किएकी छन् । रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४ औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भएकी मन्त्री राणा उतैबाट जर्मनी गएर आज स्वदेश फर्किएकी...
काठमाण्डू, २७ असार– एमाले राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी अध्यक्ष भएपछि वामपन्थी एकताको ढोका खुल्न सक्ने बताएकी छन् । इमेज च्यानलका लागि पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्तामा उनी आफ्नो आगामी राजनीतिक यात्राबारे खुलेरै प्रस्तुत भएकी छन् । भण्डारीले एकै जना सधैं...
मैले व्यक्तिगत आकांक्षा, महात्वाकांक्षा र पदीय आकांक्षाका लागि राजनीतिमा सक्रिय हुन खोजिराखेको होइन । हाम्रो केही कामहरु छ । सचेत नेपाली नागरिकहरुले गर्नुपर्ने केही काम छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा पनि राम्रोसँग सम्बन्धहरुलाई विकास गर्नुपर्ने अवस्था मैले देख्छु । अहिले धेरै नेपालीहरु विदेशमा...
काठमाण्डु, २६ असार–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष बन्न चाहेको खुलासा गरेकी छन् । भण्डारीले आफू भरसक अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको प्रस्ताव र समर्थनमा एमालेको मुख्य नेतृत्व दिने सोचमा रहेको स्पष्ट गरिन् । तर, ओली आफूलाई नेतृत्व सुम्पन तयार...
काठमाण्डू, २६ असार– दुई साताअघि एमाले राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीबीच आफ्नो विषयमा भएको भनिएको कुराकानीप्रति आपत्ति जनाएकी छन् । ओलीसँग मंगलबार बालुवाटारमा भएको भेटवार्तामा भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषयमा देउवाले...
काठमाण्डू, २६ असार–प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको स्वतन्त्रतामा कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन् । बिहीबार काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले न्यायिक स्वतन्त्रता न्यायपालिकाको आत्मा भएको उल्लेख गर्दै यसबाट प्रधानन्यायाधीश पनि टाढा हुन नसक्ने बताए...
काठमाण्डू, २६ असार– उच्च सुरक्षा संवेदनशील स्थान नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ड्रोन खसालेको आरोपमा पक्राउ परेकाहरु तारेखमा रिहा भएका छन् । काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले पक्राउ परेका सबै पाँचैजना तारेखमा रिहा भएका जानकारी दिए । प्रहरीले ड्रोन खसालेको आरोपमा बानेश्वरस्थित टेकस्पायर...
काठमाण्डू, २६ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट राष्ट्रिय गौरवकै विषय भएकाले रोकिन नहुने बताएका छन् । सातदोबाटोमा बिहीबार हाइ पर्फमेन्स सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘अब भव्यताको...