
काठमाण्डू, २७ असार–एमाले सचिव योगेश भट्टराईले एमालेहरुलाई आपसमा नभिड्न अपिल गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नकै लागि सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि उत्पन्न प्रतिक्रियाहरुलाई लक्षित गर्दै भट्टराईको उक्त भनाइ आएको हो ।
आपसी विमर्श र सहकार्यबाटै समाधान खोजिनुपर्ने उनको भनाइ छ । भट्टराईले च्याललाई ललकार्ने र च्यासलबाट ललकार्ने दुवै काम बन्द हुनुपर्ने बताए ।
एमाले मुख्यालय ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा छ ।
‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौं’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बसौं, आपसमा विमर्श गरौं, सहकार्यमार्फत् समाधान खोजौं, जबजको मर्म पनि यही हो ।’