पूर्वराजा ज्ञानेन्द्रका पिएसँग प्रहरीले लियो बयान

काठमाण्डु टुडे २०८२ असार २७ गते १२:४३ मा प्रकाशित

काठमाण्डू, २७ असार– प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका ‘संवाद सचिवालय’ प्रमुख (पिए) फणिराज पाठकसँग बयान लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डूले पाठकलाई कार्यालयमा उपस्थित हुन पत्राचार गरेको हो ।

‘केही विषयमा सोधपुछ गर्न उहाँलाई बोलाइएको हो, काठमाण्डू परिसरका एसपी अपिलराज बोहराले भने, ‘उहाँसँग बुझ्ने काम भइरहेको छ ।’

प्रहरी श्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाधिराज सरकार’ को नाम दिएर विज्ञप्ति निकालेको विषयमा पाठकसँग सोधपुछ गरिएको हो ।

 पाठकले विगत केही समययता संवाद सचिवका नाममा ज्ञानेन्द्रलाई ‘श्री ५ महाराजधिराज सरकार’ सम्बोधन गरेर विज्ञप्ति जारी गर्ने गरेका छन् । त्यसबारे प्रतिनिधिसभामा समेत सांसदहरुले प्रश्न उठाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us