रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनिषा कोइराला

काठमाण्डु टुडे २०८२ असार २६ गते १२:४२ मा प्रकाशित

काठमाण्डू, २६ असार– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय वनस्थली पुगेकी छन् ।

मनिषाले वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन् । हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको तर्क गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us