त्रिशूलीमा बाढीमा फसेका दम्पत्तिकै हेलिकोप्टरबाट उद्धार

काठमाण्डु टुडे २०८२ असार २४ गते १०:०९ मा प्रकाशित

नुवाकोट, २४ असार– बाढीका कारण त्रिशूली नदीमा फसेका दम्पत्तिको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

त्रिशूली बजार नजिके नदी बीचमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको हो । राति एक्कासि बाढी आएपछि उनीहरु रुखमा चढेर बसेका थिए ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले उद्धार गरेर उनीहरुलाई सुरक्षित स्थानमा राखिएको बताए ।

पहिलोपटक गएको सानो हेलिकोप्टरबाट उद्धार सम्भव नभएपछि दोश्रोपटक गएको हेलिकोप्टरले उद्धार गरेको जानकारी उनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us