झलनाथ खनाल चीन प्रस्थान

काठमाण्डु टुडे २०८२ असार २३ गते १२:११ मा प्रकाशित

काठमाण्डू, २३ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा पाँच दिने चीन भ्रमणमा निस्केका छन् ।

चीनमा हुने ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुन खनाल गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि खनाल हेनान प्रान्तको तीन दिने भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यस क्रममा खनालले त्यहाँको आधुनिक कृषि अनुसन्धान केन्द्र, डिजिटल प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमुना परियोजनाहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

हेनान भ्रमणको अन्त्यमा सीपीसी हेनान प्रान्तीय कमिटीद्वारा आयोजित एक विशेष अन्तरक्रियामा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको खनालको सचिवालयले जनाएको छ । पाँच दिने भ्रमण सम्पन्न गरी नेता खनाल असार २७ गते (जुलाई ११) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us