
काठमाण्डू, २३ असार– सिन्धुलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–२९ घर भई कमलामाई नगरपालिका–६ मा डेरा गरी बस्ने रितेश जोन्छे रहेको प्रहरीले जानकारी दिएको छ ।
कमलामाई नगरपालिका–७ फिटिङ पुल नजिक स्कुटर दुर्घटना हुँदा जोन्छे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । उनलाई उपचारका लागि एम्बुलेन्समा राखेर काठमाण्डतर्फू लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिएका छन ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको स्कुटर अनियन्त्रित भएर सडकबाट करिब २० फिट खसेको र दुर्घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।