समाचार

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल

२०८२ असार २० गते २०:३६

काठमाण्डू, २० असार– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘मैले गिरिजाप्रसाद कोइरालाका बारेमा एकै शब्दमा भन्नुपर्दा उहाँ क्रान्तिको पनि नेता हो, शान्तिको...

नेपालमा बढ्न थाल्यो कोरोना संक्रमण, एक सातामा ३५ संक्रमति भेटिए

२०८२ असार २० गते २०:२९

काठमाण्डू, २० असार– नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ संक्रमण...

प्रहरीका एसपीलाई ‘लुटेरा’ भनेपछि जसपा मधेस प्रदेश अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ असार २० गते २०:२५

काठमाण्डू, २० असार– अशोक राई नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टीको मधेस प्रदेश अध्यक्ष अशोक यादवविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । अध्यक्ष यादवविरूद्ध आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । यादवले सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोनमा...

विद्या भण्डारीको चलखेलपछि कम्युनिष्ट एकता हुन सक्नेबारे काँग्रेसमा बहस

२०८२ असार २० गते २०:१४

काठमाण्डू, २० असार– नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा कम्युनिष्ट पार्टीहरुबीच पुनः एकता र ध्रुवीकरण हुन सक्नेबारे कुरा उठेको छ । शुक्रबारको बैठकमा बोल्दै केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले कम्युनिष्ट पार्टीहरुबीच एकताको सम्भावना बढेर गएको विश्लेषण सुनाएका छन् । खास गरी सत्तारुढ एमालेभित्र उत्पन्न...

सञ्चारकर्मीसँग साक्षात्कार नगरी विमानस्थलबाट निस्किए प्रधानमन्त्री ओली

२०८२ असार २० गते १८:०६

काठमाण्डू,२० असार– स्पेनको औपचारिक भ्रमण सकेर फर्किएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग साक्षात्कार नगरी फर्किएका छन् । विदेश भ्रमणबाट फर्कंदा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने प्रचलन रहे पनि प्रधानमन्त्री ओलीले त्यो परम्परा तोडे । गत १४ असारमा स्पेन गएका...

बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

२०८२ असार २० गते १७:५५

काठमाण्डू,२० असार– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन । बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । अध्यक्ष ढकालले जलविद्युत, पर्यटन,...

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

२०८२ असार २० गते १७:२९

काठमाण्डू,२० असार– आज (शुक्रबार) बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए...

स्पेन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

२०८२ असार २० गते १७:२६

काठमाण्डू,२० असार– प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा स्पेनतर्फ प्रस्थान गरेको थियो । स्पेनको सेभिया शहरमा आयोजना भएको उक्त अन्तर्राष्ट्रिय...

एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ असार २० गते १७:०९

काठमाण्डू,२० असार– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दिएको छ । यद्यपि उनी अहिलेसम्म...

पुलबाट हामफाल्न खोज्ने ६४ वर्षीय वृद्धको उद्धार

२०८२ असार २० गते १६:३१

काठमाण्डू,२० असार– चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलबाट गोरखाको सिरानचोक गाउँपालिकाका ६४ वर्षीय वृद्धको उद्धार गरिएको छ । इलाका प्रहरी मुग्लिनबाट खटिएको प्रहरी टोलीले ती वृद्धको उद्धार गरेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । हाल काठमाण्डू बस्ने ती वृद्ध पुलबाट हाम्फाल्न खोजेको...

एलिनामाथि गालीगलौज प्रकरणः राई विरूद्ध तीन दिन म्याद थप

२०८२ असार २० गते १६:१८

काठमाण्डू,२० असार– गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ परेका गुञ्जन राई विरुद्ध तीन दिन म्याद थप भएको छ । बिहीबार जिल्ला अदालत काठमाण्डूले राईलाई तीन दिन हिरासतमा राख्न आदेश दिएको हो । गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग...

यो वर्ष त्रिविबाट ९० हजार विद्यार्थी ग्राजुएट हुँदै

२०८२ असार २० गते १६:१२

काठमाण्डू,२० असार– यस बर्ष त्रिभुवन विश्वविद्यालयबाट करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने भएका छन । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. खड्ग केसीले यो वर्ष करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने जानकारी दिएका छन । त्रिविको ६६ औं वार्षिकोत्सवमा उपकुलपति केसीले अहिलेसम्मकै धेरै विद्यार्थी ग्राजुएट हुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us