
काठमाण्डू,२० असार– चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलबाट गोरखाको सिरानचोक गाउँपालिकाका ६४ वर्षीय वृद्धको उद्धार गरिएको छ । इलाका प्रहरी मुग्लिनबाट खटिएको प्रहरी टोलीले ती वृद्धको उद्धार गरेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।
हाल काठमाण्डू बस्ने ती वृद्ध पुलबाट हाम्फाल्न खोजेको अवस्थामा स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए । ती वृद्धको आफन्तसँग सम्पर्क भइसकेको सिंहले जानकारी दिएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।