राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाण्डु टुडे २०८२ असार २० गते १७:२९ मा प्रकाशित

काठमाण्डू,२० असार– आज (शुक्रबार) बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव राष्ट्रिय सभा बैठकबाट बहुमतले पारित भएको हो । राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रुपमै पारित भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us