काठमाण्डू,२० असार– पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा आज (शुक्रबार) सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो । पूर्वमन्त्री न्यौपानेलाई यसअघि विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । अख्तियार...
काठमाण्डू, २० असार– प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम उछालिएको भन्दै आक्रोश पोखेका छन् । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बिहीबार साँझ म्याड्रिडस्थित नेपाली दूतावासमा युरोपमा रहेका एमाले समर्थकसँगको भेटमा पार्टीभित्र अनावश्यक विवाद खडा गर्न खोजिएको बताए । विद्या भण्डारीको नाममा पार्टीभित्र...
काठमाण्डू, २० असार– स्पेन भ्रमणमा रहेका प्रधामन्त्री केपी ओली आज स्वदेश फर्किंदै छन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै १४ असारमा त्यसतर्फ प्रस्थान गरेका थिए । ओली शुक्रबार बिहान स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरेका हुन्...
जाजरकोट, २० असार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुंगा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र उनकी बहिनी १४ वर्षीया चमेलीको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए । नरबहादुर बुढाकी...
चितवन, २० असार– चितवनमा माछा मार्न खोलामा गएका एक युवकको गोहीको आक्रमणमा ज्यान गएको छ । रत्ननगर–८ स्थित बुढीराप्ती खोलामा बिहीबार राति करिब ९ बजेतिर माछा मार्न गएका २७ वर्षीय अभिषेक माझीको गोही आक्रमणमा ज्यान गएको हो । माझी माछा मार्ने क्रममा एकाएक बेपत्ता...
काठमाण्डू, १९ असार– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज म्याड्रिडस्थित प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गरेका छन् । युरोपकै पुरानो मध्येको सो कला सङ्ग्रहालयका अध्यक्ष जाबियर सोलानेले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए । सङ्ग्रहालयमा युरोप र स्पेनका इतिहास, संस्कृतिसँग सम्बन्धित घटना क्रमलाई कलात्मक...
काठमाण्डू, १९ असार– रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो दल संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने बताइन् । बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्तिले सरकार छाड्ने चेतावनी दिएको...
काठमाण्डू, १९ असार– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० मा रहेको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान संशोधन गरिएको विषयमा छानबिनका लागि संसदीय समिति गठनका विषयमा छलपल थालेका छन् । उक्त विषयमा सार्वजनिक र राजनीतिक वृत्तबाट चर्को विरोध भएपछि सभामुखले सक्रियता देखाएका हुन्...
चितवन, १९ असार– पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० बकुलहरस्थित एकता शिशु निकेतन स्कुलकी छात्रा शालीन पोखरेल आत्महत्या दुरुत्साहनको अभियोग लागेका तीन शिक्षकले सफाई पाएका छन् । प्रारम्भिक रूपमा दोषी ठहर गरिएका तीन शिक्षकविरुद्ध लगाइएको अभियोग प्रमाणित नभएपछि अदालतले उनीहरूलाई सफाइ दिएको हो । १२ फागुन...
काठमाण्डू, १९ असार– सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तीमा परेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार चौधरीलाई मन्त्रीबाट बर्खास्त गरेका हुन् । बजेट निर्माणमा वित्तीय अनुशासन उल्लंघन गरेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा परामर्श...
काठमाण्डू, १९ असार– दोलखाको विगु गाउँपालिका–१ को गोंगर खोलामा ठुलो बाढी आएको छ । बाढी आएपछि सिंगटी बजार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको वडाध्यक्ष मेमबहादुर तामाङले जानकारी दिएका छन । दोलखाको उत्तरी क्षेत्रमा ठुलो पानी परेपछि ह्वात्तै बाढी आएको तामाङले जानकारी दिए । उनले...
काठमाण्डू, १९ असार– मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन । चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको ग९प २२०६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना–४ख ५००७ नम्बरको जिपले ठक्कर दिएको थियो । जिपले ठक्कर...