समाचार

सामाजिक सञ्जालमार्फत गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

२०८२ असार १९ गते १४:४५

काठमाण्डू, १९ असार– प्रहरीले सामाजिक सञ्चालमार्फत गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनका गुञ्जन राई रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । चितवनका राईलाई साइबर ब्यूरोले ललितपुरबाट पक्राउ गरेको हो । उनीविरूद्ध म्याद थपका लागि...

हतारमा बाफिया पास गरेर सुखद परिणाम आउँदैनः कांग्रेस नेता कार्की

२०८२ असार १९ गते १४:३८

काठमाण्डू, १९ असार– पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) पास गर्दा सुखद परिणाम नआउने बताएका छन । आज (बिहिबार) अर्थ समितिमा भएको बाफियासम्बन्धि विधेयकको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता...

संवैधानिक इजलासमा न्यायाधीश प्रधानको एक्लो आत्मालोचना

२०८२ असार १९ गते १३:३८

काठमाण्डू, १९ असार– सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले गम्भिर प्रकृतिको विवादमा समयमा न्यायनिरुपण हुन नसकेको बताउँदै आत्मालोचना गरेकी छन । ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको फैसलामा आफ्नो फरक राय लेख्दै न्यायाधीश प्रधानले संवैधानिक इजलासको सदस्यको हैसियतले आत्मालोचना गरेकी हुन । उनले आफ्नो...

मलाई स्पष्टीकरण सोधिएको छैन, भ्रम छरेको बारे स्पष्ट हुन निवेदन दिन आएकी हुँः रामकुमारी झाँक्री

२०८२ असार १९ गते १३:१८

काठमाण्डू, १९ असार– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताएकी छन । आज (बिहिबार) एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा सचिवालयको बैठक अधि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले यस्तो बताएकी हुन । उनले...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

२०८२ असार १९ गते १३:१०

काठमाण्डू, १९ असार– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी सुरु भएको छ । आज (बिहिबार) एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक, सांगठनिक विषयवस्तुहरुमा छलफल हुने एक नेताले जानकारी दिए । पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जलि जग्गा प्रकरणको...

यूके पठाइदिने भन्दै १ करोड बढी ठगेको आरोपमा एक जना पक्राउ

२०८२ असार १९ गते १३:०४

काठमाण्डू, १९ असार– प्रहरीले यूके पठाइदिने भन्दै १ करोड २० लाख ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललिपतुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाल रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको...

कन्टेनरमा लोड गरेर तातोपानी नाकाबाट पहिलोपटक भित्रियो हेलिकप्टर

२०८२ असार १९ गते १२:५१

काठमाण्डू, १९ असार– नेपालमा पहिलोपटक तातोपानी भन्सार नाका हुँदै हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्‍याएको हो । उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले जानकारी दिएका...

संवैधानिक निकायका ५२ जनाको नियुक्ति सदरः यस्तो छ न्यायाधीश सपना मल्लको आत्मालोचना

२०८२ असार १९ गते ९:१५

काठमाण्डू, १९ असार– सर्वोच्च अदालतले लामो समयदेखिको अन्योल चिर्दै संवैधानिक निकायमा भएको ५२ जनाको नियुक्तिलाई वैध ठहर गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित ५ न्यायाधीशको संवैधानिक इजलासले बुधबार मध्यरातमा फैसला सुनाएको हो । फैसलामा प्रधानन्यायाधीश राउत र न्यायाधीश नहकुल सुवेदीले राय बझाएका छन् ।...

जगदम्बा स्टिलको भट्टीमा विस्फोट

२०८२ असार १९ गते ८:५५

काठमाण्डू, १९ असार– बारामा रहेको जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ । जितपुर सिमरा उपमहानगरपालिकामा रहेको स्टिलको उद्योगको भट्टीमा गएराति विस्फोट भएको हो । फलाम पगाल्ने क्रममा भट्टी विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा परी उद्योगमा कार्यरत मजदुर भारतको बिहारस्थित सीतामढीका ३५ वर्षीय...

आज ६ प्रदेशमा भारी वर्षा

२०८२ असार १९ गते ८:४७

काठमाण्डू, १९ असार– देशभर मनसुनी प्रणालीको प्रभाव सक्रिय रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले हाल देशका धेरै भू–भागमा वर्षा भइरहेको छ । बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा वर्षा मापन गरिएको छ । दिउँसोका लागि...

सर्वोच्चद्वारा मध्यरातमा फैसलाः संवैधानिक निकायका ५२ जनाको नियुक्ति सदर

२०८२ असार १९ गते ०:३४

काठमाण्डू, १८ असार– सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक आयोगका ५२ पदाधिकारीहरूको नियुक्ति सदर गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरु मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको पाँचजना सम्मिलत इजलासमध्ये ३ जनाको बहुमतले बुधबार मध्यरातमा उक्त फैसला...

मोहन बस्नेतबारे गगनको टिप्पणीः ‘फोहोरलाई चलाए आफैं फोहोरी भइन्छ 

२०८२ असार १८ गते २१:४३

काठमाण्डू, १८ असार– कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको अभिव्यक्तिलाई लिएर कडा प्रतिक्रिया जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग थापाले बस्नेतका आरोपहरुलाई गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादितको संज्ञा दिए । केन्द्रीय समिति बैठकमा बोल्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us