काठमाण्डू, १८ असार–सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिका २०८२ मस्यौदामाथि छलफल भएको छ । मन्त्रालयमा आज नेपाल सरकारका निकाय र राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता तथा सूचना अधिकारीको सुझाव सङ्कलन गरिएको थियो । निर्देशिकामा प्रवक्ताहरूले सूचना प्रदान गर्न निर्वाह गर्नुपर्ने दायित्व,...
काठमाण्डू, १८ असार– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले सरकारले उपलब्ध गराउने सुरक्षाबाहेक कुनै पनि सेवासुविधा नलिने घोषणा गरेकी छन् । उनको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले बुधबारैदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ...
काठमाण्डू, १८ असार– पूर्वअर्थमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले नेपालमा दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको बताएका छन् । दिवंगत पूर्वप्रधानमन्त्री एवं तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोईरालाको १०२औं जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा आचार्यले मुलुकलाई तीव्र विकासको दिशामा अघि बढाउन सक्ने,...
काठमाण्डू, १८ असार– त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि जारी तालाबन्दी तत्काल खोल्न सर्वोच्च अदालतले निर्देशन दिएको छ । अधिवक्ता महेश भट्टराईद्वारा दायर रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विश्वविद्यालयको ढोका खोल्न अन्तरिम आदेश जारी गरेको हो । सत्तारुढ काँग्रेस निकट विद्यार्थी संगठन...
काठमाण्डू, १८ असार– काठमाण्डूमा डेटिङ एप बनाएर अवैध धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको दमकल चोकबाट ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । उनीहरुले दमकल चोकमा एक घर भाडामा लिएर सोसियल सफ्टवयेर...
काठमाण्डू, १८ असार– पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले महामन्त्री गगन थापा आफ्नो विरुद्धमा रहेको भन्दै सचेत रहन चेतावनी दिएका छन । बस्नेतले महामन्त्री थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्मा बढी बोल्ने गरेको आरोप लाएका छन । बस्नेतले महामन्त्री थापाप्रति संकेत गर्दै...
काठमाण्डू, १८ असार– कर्णाली विकास बैंक घोटालामा पक्राउ परेका पशुपति दयाल मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य रहेको खुलेको छ । मिश्र सत्ताको नेतृत्व गरेका दल एमालेका केन्द्रीय सदस्य हुन् भने जिविस सभापति पनि भइसकेका व्यक्ति भएको पाइएको छ । मिश्रलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको...
काठमाण्डू, १८ असार– रसुवाको कालिका गाउँपालिका–२ मा दुईवटा बच्चासहित एउटा चरी बाघ भेटिएको छ । बस्ती नजिकै ढुंगाको कापमा बसिरहेको अवस्थामा केही दिनअघि दुई बच्चासहित दुर्लभ चरी बाघ भेटिएपछि आफूहरु हेर्न गएको कालिका रेन्ज पोष्टकी रेन्जर सुलक्ष्या श्रेष्ठले पुष्टि गरेकी छन । उनले भनिन्,...
काठमाण्डू, १८ असार– पूर्व मन्त्री एवं एमाले सांसद पदम गिरीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरज दुराकको राजीनामा माग गरेका छन । बुधबार बसेको बैठकमा सांसद गिरीले सभापति खतिवडा र सचिव दुराको राजीनामा मागेका हुन् । उनले सभापति खतिवडा र सचिव...
काठमाण्डू, १८ असार– चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको खुकुरी प्रहार गरी हत्या गरेका छन् । गए राति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेको जिल्ला प्रहरी कार्यलय रुकुमपश्चिमले जानकारी दिएको छ । घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको...
काठमाण्डू, १८ असार– प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीमा आफ्नो संलग्नता रहे जस्तोसुकै सजाय भोग्न पनि आफु तयार रहेको बताएका छन । आज समितिको बैठकमा सांसदहरूले उठाएका विषयको जवाफ दिने क्रममा सभापति खतिवडाले यस्तो...
काठमाण्डू, १८ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती सेवा विधेयक–२०८० मा व्यवस्था भएको ‘कुलिङ पिरियड’ लाई निष्प्रभावी बनाएको विषयमा छानबिन गर्न माग गरेको छ । आज (बुधबार) केन्द्रीय कार्यालय पोरिसडाँडामा प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन गरी विधेयकमा भएको चलखेलबारे छानबिन गर्न...